एमाले ‘डन’ को जीत, कांग्रेस ‘डन’ को हार
सारांश
- संयोगपनि कस्तो!
- देशव्यापी रुपमा वामगठबन्धनले विजय हासिल गरिरहँदा र लोकतान्त्रिक गठबन्धनले पराजय भोगिरहँदा त्यसको असर उम्मेदवार राजनीतिमा लागेका डनहरुको निर्वाचन परिणाममा पनि परेको छ।
- दुई चर्चित डनहरु प्रदेश सभाको निर्वाचनमा उम्मेदवार रहेकोमा वाम गठबन्धनको समर्थन पाएका डनले सफलता प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनबाट उम्मेदार बनेका डनले चाहिँ चुनावमा हार बेहोर्नु परेको छ।
संयोगपनि कस्तो! देशव्यापी रुपमा वामगठबन्धनले विजय हासिल गरिरहँदा र लोकतान्त्रिक गठबन्धनले पराजय भोगिरहँदा त्यसको असर उम्मेदवार राजनीतिमा लागेका डनहरुको निर्वाचन परिणाममा पनि परेको छ।
दुई चर्चित डनहरु प्रदेश सभाको निर्वाचनमा उम्मेदवार रहेकोमा वाम गठबन्धनको समर्थन पाएका डनले सफलता प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनबाट उम्मेदार बनेका डनले चाहिँ चुनावमा हार बेहोर्नु परेको छ।
प्रदेश सभा निर्वाचन–२०७४ मा उम्मेदवार बनेका चर्चित डनहरु हुन्, दीपक मनाङे र गणेश लामा। यसमध्ये मनाङे हिमालपारिको जिल्ला मनाङ ‘ख’ बाट उम्मेदवार बनेका थिए भने लामा कोशीपारि काभ्रे–१ ‘ख’ बाट उम्मेदवार रहेका थिए।
मनाङेलाई जब एमालेले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन–२०७४ को टिकट दिने हल्ला चल्यो, त्यसको विरोध पार्टीभित्र बाहिर दुबैतिर हुन थाल्यो। त्यसपछि एमाले मनाङेलाई आधिकारिक उम्मेदवार बनाउने निर्णयबाट पछि हट्यो। मनाङेले स्वतन्त्र उम्मेदवारी दिए।
एमालेले अर्कै कार्यकर्तालाई उसले पार्टीको उम्मेदवार बनायो, जो नातामा मनाङेकी दिदी पर्थिन्। तर उम्मेदवारी दर्ता गराइसकेकी उनले आफ्नो उम्मेदवारी फिर्ता लिइन् र मनाङेलाई समर्थन गरिन्। उनको निर्णयलाई मनाङ एमालेले पनि स्वीकार पनि ग¥यो। नगरोस् पनि किन, जब जिल्ला पार्टीमा मनाङेकै बोलवाला थियो।
तिनै मनाङले मनाङेले मनाङ ‘ख’ विजय हासिल गरेका छन्। कानूनी रुपमा उनको हैसियत स्वतन्त्र विधायक हो। तर, उनको राजनीतिक आवद्धता भने अहिलेपनि एमालेमा नै छ। किनभने, वागी उम्मेदवारी दिएका अरुलाई कार्वाही गरेको एमालेले स्वतन्त्र उम्मेदवारी दिएका मनाङेलाई कार्वाही गरेको छैन।
वाम गठबन्धनका स्वतन्त्र उम्मेदवार मनाङेलाई यस पटकको निर्वाचन फापेपनि अर्का विवादास्पद डन गणेश लामालाई भने यो निर्वाचन फापेन। लामा नेपाली कांग्रेसबाट काभ्रे–१‘ख’ का उम्मेदवार थिए। उनलाई एमाले उम्मेदवार चन्द्र लामाले ४ हजारको मतान्तरले हराए।
४४ हजार ७ सय ४३ मत खसेको सो क्षेत्रमा डन लामाले २० हजार २ सय ७० मत प्राप्त गरे भने विजय हासिल गरेका एमालेका लामाले २४ हजार ४ सय ४७ मत पाए। डन लामा विजय गच्छेदारसँगै फोरम ९लोकतान्त्रिक० बाट नेपाली कांग्रेस फर्केका थिए।
मनाङे वामगठबन्धनबाट र लामा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार भएपनि अपराधजगतमा भने यी दुईबीच गुरुचेलाको सम्बन्ध रहेको प्रहरी रेकर्ड बताउँछ। धम्की, जबरजस्ती रकम असुली, अपहरण, हत्या प्रयासलगायतका घटनामा संलग्न भएको भन्दै प्रहरीले दुबै जनालाई अपराधजगतको क श्रेणीमा राख्ने गरेको छ।
अपराध जगतमा यी दुईबीच गुरुचेलाको सम्बन्ध रहेपनि पछिल्लो समय राजनीतिक र व्यक्तिगत तबरले पनि यी दुईबीच सुमधुर सम्बन्ध चाहिँ थिएन।
आकाश क्षेत्रीले नेपाल खबर मा लेखे का छन !
प्रतिक्रिया