मतपरिणाम चमत्कार हो, कांग्रेस कि सुध्रिन्छ कि सिद्धिन्छ -खगेन्द्र संग्रौला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०७४
|
२२
|
२६ पटक हेरिएको
Shares
मतपरिणाम चमत्कार हो, कांग्रेस कि सुध्रिन्छ कि सिद्धिन्छ -खगेन्द्र संग्रौला

सारांश

  • निर्वाचनको मतपरिणाम हेर्दा चमत्कार जस्तो लागिरहेको छ।
  • पहिला दुई वटा कम्युनिष्ट भनिने यी पार्टी कुकुर(बिरालाझैं लड्थे।
  • अघिल्लो दिनसम्म एकले अर्काको अनुहारमै थुकेर अनुहार नै विरुप बनाएका थिए।

निर्वाचनको मतपरिणाम हेर्दा चमत्कार जस्तो लागिरहेको छ। पहिला दुई वटा कम्युनिष्ट भनिने यी पार्टी कुकुर(बिरालाझैं लड्थे। अघिल्लो दिनसम्म एकले अर्काको अनुहारमै थुकेर अनुहार नै विरुप बनाएका थिए। हठात् पत्याउनै नसक्नेगरी कुन ग्रहको के चमत्कार भयो, तिनिहरुबीच चुनावी गठबन्धन बन्यो। चुनावी गठबन्धनलाई पार्टी एकता गर्ने प्रक्रियाको रुपमा घोषणापनि गरियो।

ठूलो तिक्तता भएका यी पार्टीबीचकोे गठबन्धन धेरै दिन टिक्ला, काम गर्ला जस्तो लागेको थिएन, तर काम गर्यो। एमालेले माओवादीलाई भोट हाल्लान्, माओवादीले एमालेलाई भोट हाल्लान् भन्ने लागेकै थिएन। चमत्कार भयो। पार्टीका दुई जना हस्तिको निर्णय र आदेशमा समग्र पार्टी संयन्त्र भेंडाको बगालजस्तो लाइन लाग्यो। यो छक्क पार्ने कुरा हो।

केही नाराहरुले काम गरेको देखिन्छ। खड्गप्रसाद ओलीले नाकाबन्दीको बेला राष्ट्रवादको नारा उठाए। अतिरन्जित त्यो नारामा कतैकतै त नश्लीय रंग समेत राखेर यति तडकभडकका साथ प्रस्तुत गरियो कि त्यसबाट समाजको बृहत्तर अंश प्रभावित भयो।

यसपटकको चुनावमा त्यो प्रभावको पनि हात छ।

नेपालको अविकास र पछौटेपनको कारण अस्थिरता हो। कुनैपनि सरकारको कार्यक्रम पूर्ण रुपमा लागू नहुने र नयाँ सरकार आउनासाथ पुरानो सरकारका सबै निर्णय भंग गर्ने रोगले गर्दा विकास भएन। त्यसकारण स्थिर सरकार चाहियो। समावेशी समानुपातिक प्रणालीमा गएको हुनाले बहुमत कसैको आउने भएन। दुई ठूला कम्युनिष्ट पार्टी मिलेपछि बहुमत आउँछ। त्यसैले ‘बहुमतको सरकार–स्थिर सरकार, विकासको सरकार–सुखसुविधा ल्याउने सरकार’ भन्ने नारा दिइयो। यसले धेरै मान्छेलाई आकर्षित गर्यो। वामपन्थीहरुको रुमानी नाराबाट मतदाता सम्मोहित भए।

०४६ साल उप्रान्त सबैभन्दा बढी शासन गर्ने दल नेपाली कांग्रेस हो। अहिले नेपाली समाजको विकास या अविकास जे छ त्यसको जस अपजसको ठूलो भाग कांग्रेसप्रति छ। चुनावमा यो मतदानको प्रवृत्तिले के देखायो भने कांग्रेसको शासनप्रति जनता असन्तुष्ट छ। नेपाली जनताले प्रायः नकारात्मकताको विरुद्धमा, कसैप्रति असन्तुष्टी व्यक्त गर्न या रिस पोख्न अर्कोलाई भोट दिने गरेको छ। जसलाई भोट दिएको छ, यो असल नै हो, असल नै गर्छ भनेर होइन कि शासनमा बसेकोले खराब गरिरहेकोले, बाचा पूरा नगरेकोले, ठगेकोले, देखिनेगरी भ्रष्टाचार गरेकोले रिस फेर्न अर्कोलाई भोट दिइने गरिएको छ। अहिलेको जनादेशपनि कांग्रेसप्रतिको असन्तुष्टि नै हो। तिमिले यत्रोसम्म शासन गर्यौ, हामीलाई र देशलाई के दियौ भनेर रिस पोखिएको हो।

यही जनता हो जसले शान्ति सम्झौतामा आएको माओवादीलाई बोकेर सगरमाथाको शिखरमा पुर्यायो। अरु दुई पार्टीलाई अत्यन्त कमजोर बनाइदियो। यो यही जनमत हो जसले केही वर्षको अन्तरालमा त्यही माओवादीलाई सगरमाथाको शिखरबाट मुन्ट्याएर फेदीमा खसाइदियो। यसपालि कांग्रेसलाई खसालिदिएको छ। यो चक्र यसरी नै जाने हो भने अब एमालेको पालो आउँछ। यदि उसले पनि काम गरेन भने एमालेको यस्तो अवस्था पर्खन धेरै समय कुर्नु पर्ने छैन।

एकता भएका दुई वटा पार्टीबीच सैद्धान्तिक आधार केही पनि छैन। वर्गीय, सैद्धान्तिक र राजनीतिक आधार केही पनि छैन। प्रारम्भमा दुई जना व्यक्तिको नीजि महत्वाकांक्षाबाट वामगठबन्धन सुरु भएको हो। कालान्तरमा यसमा उद्देश्य विकास हुँदै गएको देखिन्छ। अहिले राजनीति छुट्यो। वृद्धि सम्वृद्धि मात्रै भनिन्छ। प्रश्न के हो भने कसको लागि वृद्धि? कसको लागि सम्वृद्धि? यी सबै प्रश्न निरुत्तर छन्। तर यो सबै भनिसकेर पनि एउटा पक्षको बहुमत आउनु धेरै राम्रो कुरा हो। स्थायित्वका बिभिन्न कडी मध्ये एउटा सारभूत कडी त्यो पनि हो। यसलाई स्वागत गरिनुपर्छ।

तर यो जनमतको समस्या के हो भने सत्तासीन दल यति बलियो र प्रतिपक्षमा रहने शक्ति यति कमजोर हुनेभयो कि प्रतिपक्षमा भएको शक्तिले नागरिक समाज र मिडियासँग संयोजन गर्दै बलियो र सशक्त हस्तक्षेपकारी रुपमा काम गर्न सकेन भने यो सरकार निरकुंश बन्न सक्छ। यो निश्चित जस्तै छ। किनभने प्रतिपक्ष निरन्तर सजग भएन भने, हस्तक्षेपकारी भएन भने सत्तामा जो छ उसमा मैमत्तपना आउँछ। अहंकार जाग्छ।

प्रतिपक्ष कमजोर भएको खण्डमा स्थिर सरकारले विकासलाई गति दिने हो कि भ्रष्टाचारलाई भन्ने धेरै गम्भिर प्रश्न आउने छ। यो चुनावले प्रतिपक्ष कमजोर बनाएको छ, यो प्रमुख नकारात्मक पक्ष हो। तर कांग्रेसको पराजयको सकारात्मक पाटो के हो भने यो जनमतले कांग्रेसलाई धेरै ठूलो शिक्षा दिएको छ। थोत्रा बुढाहरुलाई टुप्पामा राखेर तिनको बोझलाई पार्टीले बोक्न सक्दैन। थोत्रा बुढाहरुले नेतृत्वको लगाम हातमा लिएपछि समाजको गतिलाई त्यो पार्टीले बुझ्दैन। जनताको आकांक्षालाई त्यसले बुझ्दैन। त्यो गतिमान हुँदैन। त्यसैले चुनावले ‘बुढाहरुलाई बिदा गर, तरुणहरुलाई माथि ल्याऊ’ भन्ने शिक्षा दिएको छ।

‘कुनै बाबुको छोरो, बिना पृष्ठभूमी रातारात केही भैसक्ने, बाबुको छोरी बिना पृष्ठभूमि, बिना योगदान र बिना योग्यता केही भैसक्ने। तिम्रो वंश परम्परा अब चल्दैन’ भन्ने सन्देश पनि दिएको छ यो चुनावले। यो ठूलो शिक्षा हो। यो चुनाव सुध्रिनका लागि कांग्रेसलाई धेरै ठूलो अवसर हो। अब कि त कांग्रेसले आफुलाई अद्यावधिक गर्नुपर्छ, गतिमान बनाउनुपर्छ, बृद्धहरुको पकड र बोझबाट पार्टीलाई मुक्त गराउनु पर्छ कि कांग्रेस सिद्धिन्छ।

यसपालि अर्को चाखलाग्दो कुरा पनि भएको छ। जनताले परीक्षा गर्दोरहेछ जस्तो लाग्यो। अलिकति अघिसम्म राजतन्त्रको नारा बिकिरहेको थियो। हिन्दुत्वको नारा त अहिलेपनि धेरै थोरै बिकिरहेको छ। इतिहासको मसानघाटमा सेलाइसकेको राजतन्त्रको प्रेतलाई बोकेर राप्रपा उठेको थियो। त्यसमा जलप लगाउनको निम्ति हिन्दुत्व थियो। त्यसबाट जनताको एउटा ‘सेक्सन’ भ्रमित भएको थियो, सम्मोहित भएको थियो। त्यो अब सकियो। अहिलेको चुनावको राम्रो पक्ष के हो भने राप्रपा नामको इतिहासको जुन अवशेष थियो, जो सानो भएरपनि नेपाली समाजको शीरमा भारी थियो, त्यो सकियो। पशुपति राजाबाबु हारे, कमल बाबु हारे।

कांग्रेसको सबभन्दा ठूलो अन्तर्विरोध के हो भने कांग्रेसका सभापति कर्मका आधारमा भाग्यको निरुपण हुन्छ भन्ने विश्वास गर्दैनन्। ललाटमा के लेखेको छ भनेर ज्योतिषिकहाँ देखाउन जान्छन्। शशांक कोइराला छन्, जसका दुई वटा मुमा छन्– एउटा राजतन्त्र अर्को हिन्दुत्व। अनि कांग्रेसले नै राजतन्त्र र हिन्दुत्व बोकेपछि राप्रपा भन्ने थोत्रो किन चाहियो? ती भन्दा ताजा प्रतिनिधि त यी भए। तर यो परिणामले शशांक बाबुहरुको र खुमबहादुर बाबुहरुको राजतन्त्र र हिन्दुत्वलाई पनि दुत्कारिदियो।

यो चुनावले मधेश र जनजातिले थालेको पहिचानको राजनीतिलाई पनि निस्तेज बनाइदिएको छ। जनजातिको पहिचानको मुद्दा पहिचान विरोधीहरुका कारण नभई जनजातिको नेतृत्वकै कारण शिथिल भएको हो। एक समय थियो, जब सारा जनजातिका नायकहरु एकैचोटी जाजल्वयमान रुपमा सडकमा थिए। अब कोही केही बोल्दैनन्। कहाँ गए ती? त्यो अतितको बिचित्रको स्मृति जस्तै भैदिएको छ।

नेतृत्व सेलाएपनि त्यो मुद्दा चाहिं जिउँदै छ। इतिहासमा भाषा दबिएकाहरु, पहिचान दबिएकाहरु, भूमी खोसिएकाहरु, विकास र प्रगतिमा पछाडि पारिएकाहरुको कुण्ठा र पीडा त अझैपनि छ। मुद्दा मरेको छैन। मुद्दा बोक्नेहरु निस्तेज भए।

सबभन्दा ठूलो दुर्भाग्य के हो भने सीमान्तकृत जनताको समानता र प्रतिष्ठाको हक र पहिचान खोसिएकाहरुको पहिचानको हक स्थापित गराउने मुद्दा जसले उठायो, त्यसले नै छाड्यो। माओवादीले सर्लक्क छाड्यो। अहिले माओवादीसँग राजनीतिक मुद्दा केही पनि छैन। उसको मुद्दा पैसा मात्र छ।

आर्थिक वद्धि र विकासले जनजातिका मुद्दा स्थापित हुन्छ? मधेशका सीमान्तकृत जनता (मधेसी, थारु, मुस्लिम, सीख) को अपहरित अधिकार स्थापित हुन्छ? दलित छुवाछुतबाट मुक्त हुन्छ? पैसो त बिनोद चौधरीहरुसँग पनि हुन्छ। सम्वृद्धिको लाभ तिनैले उठाउँछन्।

मधेशी निस्तेज भएको म बुझ्छु। तिनको आन्दोलन लामो भयो, ती थाके। जनजाति किन निस्तेज भएभने ती आफ्नै समुदायमा संगठित थिएनन्। केही मान्छे टापु जस्ता फाट्टफुट्ट थिए। अस्थायी रुपमा ती दबिएको बुझिन्छ तर जसले मुद्दा उठायो उसले नै त्यो त्याग्नु चाहिं गम्भिर कुरा हो।

वामगठबन्धनले स्थायित्व र सम्वृद्धिमा काम गर्ने भन्ने कुरा सकारात्मक हो। देशको भलो चाहने सबैले यसको स्वागत गर्नुपर्छ। तर प्रश्न के हो भने मतदानको प्रक्रियासम्म ऐक्यवद्धता जसरी सहज रुपमा गएको छ, पार्टी एकीकरण भएपछि नेतृत्वको व्यवस्थापन गर्नुपर्ने समस्या जब आउने छ, त्यतिबेला विवाद उत्पन्न हुन्छ। एमालेमै प्रधानमन्त्री बन्नेहरुको लामबन्दी छ। माओवादीमा लामबन्दी छ। माओवादीले सबैलाई खुशी पार्न सयौंको केन्द्रिय समिति बनाएकै हो। त्यसैले डुबायो। त्यसैले व्यक्तिहरुका आकांक्षा व्यवस्थित गर्न अप्ठेरो हुनेछ।

एक भैकनपनि जेठो र माहिलो हुन्छन्, त्यहाँ। एमाले जेठो हुन्छ, माओवादी माहिलो हुन्छ। अलिकति अभिमान भएको जेठोले माहिलोलाई ‘आयातित भतुवा’ भन्नेछ। माओवादीभित्रै नारायणकाजी समूहहरुको अझै गनगन छ। पुरानो नयाँ माओवादी नभनौं भन्दै रोइरहेका छन्। त्यो पीडा त रहिरहन्छ। यसलाई नेतृत्वले अत्यन्त विवेकपूर्वक व्यवस्थित गर्न प्रयत्न गर्यो भने व्यवस्थित हुनपनि सक्छ। तर व्यवस्थित गर्न चाहिं सजिलो छैन।

(नेपालखबर लाइभका लागि जेवी पुन मगरले आइतबार बिहान गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

22 कमेन्ट

    Comment Author

    Madhukar Pandey

    युबालाइ दे सकिदैन

    Comment Author

    Rameshwar Lal Shrestha

    Bam le jagada nagarikana janata ko nimti ramro kam garna sakyo bhane ,congress sidhincha .swartha ko nimti jagada garyo bhane ,Bam haru sidhincha ,congress sudhrincha .comrade prachanda ko k bharosa .

      Comment Author

      Bikram Basnet

      Tyasto huna saktaina kina bhane sarkar ma paisa ra ausar ko khel xha-autai aama buwa ko duita xhora larxha-yo ta party nai ho-tara thanda dimagle kam hosiyar sanga garnu parxha karan anti ghar bhitra-ghar bahira dherai xha,

    Comment Author

    Basistha Drbhandari

    यो त सबैले जानेको कुरा हो नि खगेन्द्र जी , काँग्रेस थोरै बचेको छ अब राम्रो गरेन भने सकिन्छ राम्रो गारो भने सुध्रिञ्छ |

    Comment Author

    Dhruva Sedhai

    समानुपातीक हेरे थाहा हुन्छनी खगेन्द्र जी कंग्ेस कसरी सिद्धीन्छ।

    Comment Author

    Shiva Adhikari

    कांग्रेस कुकुरको पुच्छर एकै हो कहिल्यै सुध्रिनेवाला छैन ।

    Comment Author

    Shrestha Tarzan

    काङ्ग्रेस लाई लिभर सिरोसिस भन्ने घातक रोग लागेको छ अब पनि रक्सी खान छाडिएन भने काङ्ग्रेस को मृत्यु पक्का हुन्छ ।

    Comment Author

    Bikram Basnet

    Siddinu hudaina sudrinu parxha kinabhane Sarkar lai hosiyar garaune party pani chahinxha,

    Comment Author

    Shambhu Shrestha

    खगेन्द्रको सिङन पुछर गफ किसिदीन्छ किसुद्रीन्छ त्यो सबैले जानेको बुजेको कुराहो

    Comment Author

    Milanphuyal Badalphuyal

    thk ho

    Comment Author

    Ram Gurung

    Chamatkar hoina asha gare anusar ho

    Comment Author

    Ukha Basnet

    Ma lai ta yo khagendra bhanne sankaaha ra mukunde bhanne paagal maa kehi farak laagena. Yo kalam ra arko mukh le bhuktaa rahechhan, farak yeti nai ho.

    Comment Author

    Rajendra Karki

    जनताको प्रबल अभिमतलाइ चमत्कार देख्ने कथित बुद्धिजीवी आखामा कालो चस्मा लगाउनु पर्छ।

    Comment Author

    Manoj Lamichhane

    तिमी लाई मात्र था रैछ? रूख सिद्दे हामी पनी यो पृथ्वी मा हुदैनौ? हरियों परियों देखिदैन? पानी का मुहान हुदैनन? जिवजन्तु का फोटा मात्र बॉकी होलान? बिस्तारै हाम्रो फ़ोटो अर्कै पृथ्वी का ले खिचेर लैजालान? होईन त?

    Comment Author

    Laxmi Sapkota

    दाजुले याेकुरा बेलुका भन्नू भएकाे हाेला।

    Comment Author

    Durga Adhikari

    Buda paka le yo dharti ma vuta preta hunchan vanthe ho ki kaso. Single single ladeko vaye thaha hunthiyo.

    Comment Author

    Machhindra Nath Neupane

    ठिकै हाे ,सबैमा चेतना अाया ।

    Comment Author

    Ananda Bajracharya

    सब भन्दा पहिले यसैलाई सिध्याउनु पर्छ।

    Comment Author

    Tibbat Rai

    खगेन्द्र दाइको विचार/ बुझाइसँग १००% सहमत…

    Comment Author

    Deshbandhu Uprety

    Pagal le sikaunu pardaina

    Comment Author

    Himal Sharma

    Parchanda(MAOBADI KENDRA) ko lekhakle ramrai kura gareko ho……..

    Comment Author

    Uttam Das Shrestha

    सिद्धिन्छ। कारण नेकामा अहिले पनि सत्तरि नाघेका बुढाहरू र सिद्धानतबदी भन्दा आफन्तबादी हरूकै हालीमुहाली छ। बिपी र गणेशमानको मुकूण्डो बेच्ने यीनीहरूको पेसा हो।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 22
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?