आज पुष २ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २, २०७४
|
|
२४ पटक हेरिएको
Shares
आज पुष २ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन

सारांश

  • काठमाडौं, २ पुस जुवातास खेल्ने पक्राउ ललितपुर ललितपुर महानगरपालिका–१७ स्थित डेरा गरी बस्ने .
  • गोदावारी नगरपालिका–३ की ४५ बर्षीया धनकुमारी तामाङको डेराकोठामा जुवातास खेलिरहेको अवस्थामा निज तामाङ सहित ८ जनालाई ३ बुक तास र नगद २४ हजार ७ सय रुपैयाँ सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
  • दाङ ः बबई गाउँपालिका–४ कन्चनपुर बस्ने बलिराम खत्रीको घरमा जुवातास खेलिरहेको अबस्थामा बबई गाउँपालिका–६ बस्ने ३२ बर्षीय सेबेन्द्र देवकोटा सहित १० जनालाई तास १ गड्डी, कौडा १४ थान र नगद १ लाख ३५ हजार ३ सय ९६ रुपैयाँ सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, २ पुस

जुवातास खेल्ने पक्राउ
ललितपुर ललितपुर महानगरपालिका–१७ स्थित डेरा गरी बस्ने .गोदावारी नगरपालिका–३ की ४५ बर्षीया धनकुमारी तामाङको डेराकोठामा जुवातास खेलिरहेको अवस्थामा निज तामाङ सहित ८ जनालाई ३ बुक तास र नगद २४ हजार ७ सय रुपैयाँ सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
दाङ ः बबई गाउँपालिका–४ कन्चनपुर बस्ने बलिराम खत्रीको घरमा जुवातास खेलिरहेको अबस्थामा बबई गाउँपालिका–६ बस्ने ३२ बर्षीय सेबेन्द्र देवकोटा सहित १० जनालाई तास १ गड्डी, कौडा १४ थान र नगद १ लाख ३५ हजार ३ सय ९६ रुपैयाँ सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चोरी गरी ल्याएको मोटरसाइकल सहित पक्राउ ः
नागार्जुन नगपालिका–४ बस्ने मकवानपुरको कैलाश गाँउपालिका–६ का २८ बर्षीय रामबहादुर वाईवालाई चोरी गरी ल्याएको मोटरसाइकल सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१४ कलंकी चोकबाट बा.८८ प ५२७१ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी .भिमढुंगाबाट खटिएको टोलीले उक्त मोटरसाइकल चलाई आइरहेको अवस्थामा वाईवालाई फेला पारी पक्राउ गरेको हो । साथै उनीसँगै बा.६८ प ६७४२ नम्बरको पल्सर मोटरसाइकलमा सवार २ जनाले प्रहरीलाई देख्नासाथ मोटरसाइकल छोडेर फरार भएकोले उक्त मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
फरार २ जनाको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु तथा घाइते
काठमाडौं ः गोकर्णेश्वर नगरपालिका–८ आरुवारीमा ललितपुरको जवलाखेल बस्ने गोदावरी नगरपालिका–७ का ३९ बर्षीय आशिष तामाङले चलाएको बा.३३ प ६४१४ नम्बरको मोटरसाइकलबाट शनिबार अचानक खसेर गम्भीर घाइते भएका सोही मोटरसाइलमा सवार काठमाडौं महानगरपालिका–६ वौद्ध महांकाल बस्ने सिन्धुपाल्चोकका ६३ बर्षीय जयलाल सुनारको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा वीरगंज महानगरपालिका–१६ स्थित भन्सार कार्यालय नजिक सडकमा हाल नम्बर नखुलेको टिपरले पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करीब ३६ बर्षीय पुरुषलाई शनिबार ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको  छ । ठक्कर दिने टिपर र चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।
बारा ः जितपुर सिमरा उपमहानगरपालिका–४ बाउने पुल नजिक ना.४७ प ४८२१ नम्बरको मोटरसाइकल शनिबार दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही उपमहानगरपालिका–२ डेरा गरी बस्ने सप्तरीका ४५ बर्षीय ललित मण्डलको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही रोहीणी गाउँपालिका–२ लक्ष्मीनगरमा युपी–५३–डिटी–९०५४ नम्बरको ट्रकले लु.२० प ५२९१ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही गाउँपालिका–२ श्रीनगर बस्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत म्यादी प्रहरी ३१ वर्षीय महेन्द्र चौधरीको मृत्यु भएको छ । रातको डियुटी समाप्त पश्चात घर जाने क्रममा दुर्घटनामा परी गम्भीर घाइते भएका महेन्द्र र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने म्यादी प्रहरी ३० वर्षीय संगम चौधरीलाई उपचारको लागि मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारको क्रममा महेन्द्रको मृत्यु भएको हो । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा छन् भने फरार रहेका ट्रक चालकको खोजी भइरहेको छ ।
कैलाली गौरीगंज नगरपालिका–८ बडैपुरमा से.१ ख ११९२ नम्बरको बस आइतबार दुर्घटना हुँदा सोही बसका सहचालक १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको छ । बसमा सवार २५ जना यात्रु सामान्य रहेका छन् । बसका चालक फरार भएकोले खोजी कार्य भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट धनमाल क्षति ः
धनकुटा    ः महालक्ष्मी नगरपालिका–७ बस्ने ६५ बर्षीय भुवन पराजुलीको घर नजिकै उनकी श्रीमती भिमकुमारी पराजुलीले झ्m्यास जलाउने क्रममा शनिबार आगो सल्कन गई आगलागी हुँदा घर पूर्णरुपमा जलेर  करीब.८ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आगलागी प्रहरी तथा स्थानिय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको थियो ।
सोलुखुम्बु ः सोलु दुधकुण्ड नगरपालिका–८ स्थित तेण्डी शेर्पाको घरमा ग्यास लिक भई शनिबार आगलागी हुँदा अन्नपात, लत्ताकपडा, सुन, चाँदी र नगद १ लाख ५० हजार जलेर करीब ७० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । प्रहरी तथा स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
सप्तरी    ः बिष्णुपुर गाँउपालिका–१ बस्ने बिन्देश्वर यादवको गोठमा बालेको घुरबाट आइतबार आगलागी हुँदा गोठ जलेर करीब २ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । साथै छिमेकी बिहारी यादवको घर समेत आंशिक जलेर करीब ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । प्रहरी तथा स्थानिय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

भारतको बिहारबाट नेपाल प्रबेश गरी चोरी गर्ने चल्ला भनिने समूह पक्राउ
काठमाडौं, २ पुस .उपत्यकामा कवाडका सामानहरु संकलन गर्ने बहाना बनाई घरमा कोही नभएको मौकामा घरका ढोका तथा झ्याल फोडेर नगद, सुनचाँदीका गरगहना, बिभिन्न मोवाईल र अन्य ईलोक्ट्रोनिक्स सामानहरु चोरी गर्ने कार्यमा संलग्न चल्ला भन्ने समूहका ७ जनालाई चोरीका सामान सहित महानगरीय अपराध महाशाखाको प्रहरीले गत मंसिर २९ गते पक्राउ गरेको छ । उनीहरुबाट बिभिन्न ब्राण्डका मोवाईल ४ थान, बिभिन्न कम्पनीका घडी ३ थान र चोरी कार्य गर्दा प्रयोग गर्ने फलामको रड १ थान बरामद भएको छ ।
पक्राउ पर्नेहरुमा कवाडीका सामान संकलन गरी काठमाडौं महागरपालिका–९ तिलगंगा बस्नेहरु भारत बिहार समस्तीपुरका २६ वर्षीय दिनेश पोदार, समस्तीपुरकै १८ वर्षीय केतुल पोदार, समस्तीपुरकै १९ वर्षीय चन्तन पोदार, भारत मोतिहारी मजंफपुरका १८ वर्षीय मुकेशकुमार पोदार, भारत बिहार हाजिपुरका १८ वर्षीय सुरज पोदार, हाजीपुरकै १८ वर्षीय बिकास पोदार र पशुपतिमा दाउराको काम गर्ने बाराको निजगढ नगरपालिका–९ का ३१ वर्षीय राजकुमार अधिकारी रहेका छन् । अभियुक्तहरुमध्ये मुकेशकुमार २०७३ बैशाख ८ गते चोरी मुद्धामा ९३ हजार रुपैयाँ धरौटीमा तथा निज राजकुमार ३ वर्षअघि केही सार्वजनिक मुद्धामा ३ हजार रुपैयाँ धरौटीमा जेलबाट छुटेका व्यक्तिहरु भएको खुल्न आएको छ ।
भारतमा चोरी गर्ने समूह बनाई नेपाल आउने र गौशाला, तिलगंगा, बानेश्वर, सिनामंगलका सुकुम्बासी बस्तीमा लुकीछिपी बस्ने, कवाडी टिप्ने बहानामा चोरी गर्ने घरको जानकारी लिने, घरमा कोही नभएको मौका पारी ढोका फोडेर प्रबेश गर्ने, कवाड टिप्ने बोरामा फलामको रड लिई जाने, बाहिर एकजनाले निगरानी गर्ने तथा अन्यले घरभित्र चोरी गर्ने, तत्काल भारततर्फ फरार हुने, चोरीको पैसाबाट जाँडरक्सी खाने तथा भारतमा जग्गा जमिन किनेर घर बनाउने, चोरीका सामानहरु भारतीय बजारमा बिक्री समेत गर्ने गरेको र उनीहरू १०÷१२ बर्षकै उमेरदेखि चोरी कार्यमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको सो महाशाखाले जनाएको छ ।
अभियुक्तहरुलाई आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको र उनीहरुका सम्बन्धमा अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको सो महाशाखाले जनाएको छ ।
ठगी मुद्दामा फरार रहेका प्रतिबादीहरु पक्राउ
काठमाडौं, २ पुस, ललितपुर जिल्ला अदालतको २०७३ चैत ११ गतेको फैसलाले ठगी मुद्दामा जनही १ बर्ष कैद र ६७ लाख १६ हजार ६ सय ३१ रुपैयाँ ७५ पैसा जरीवाना हुने ठहर भई फरार रहेका २ जना प्रतिवादीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले काठमाडौंको कीर्तिपुरबाट आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं साविक विष्णु गाबिस–५ घर भई काठमाडौंको कीर्तिपुर–१८ बस्ने ३७ वर्षीय सुरज विष्ट र काठमाडौंको साविक विष्णु गाबिस–४ बस्ने ३६ वर्षीय सुनिता बिष्ट (खड्का) रहेका छन् ।
प्रतिबादी सुरज समेतका संचालकले बाग्मती सहकारी संस्था र मञ्जुश्री सहकारी संस्थालाई मर्ज गरेको भनी २ सय ८ जना सर्वसाधारणको उक्त संस्थामा जम्मा भएको निक्षेप रकम ३ करोड २६ लाख ६६ हजार ७ सय ९० रुपैयाँ फिर्ता नगरी उक्त सहकारी संस्था बन्द भयो भनि ठगी गरी सम्पर्क बिहिन भएका थिए ।
उनीहरुलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि प्रतिवादी सुरजलाई कारागार कार्यालय नख्खु ललितपुर र प्रतिवादी सुनितालाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ ।

 लागूऔषध सहित पक्राउ
चन्द्रागिरी नगरपालिका–२ नागढुंगा चेकपोष्टमा सवारी साधन जाँच गर्ने क्रममा वीरगंजबाट काठमाडौँ आउँदै गरेको ना.६ ख ६२९१ नम्बरको बसमा सवार काभ्रेका केशव थापालाई उनकै झोलामा लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध डाइजेल्याव ३० एम्पुल, नोर्फिन ३० एम्पुल, फेनरागन ३० एम्पुल र १० ग्राम गाँजा सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

मृत अवस्थामा फेला
मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ थाहा चोकमा रोकी राखेको ना.४ ख ९८७४ नम्बरको ट्यांकरका सहचालक चितवनको जुटपानी–६ बस्ने २१ वर्षीय सौरभ थपलिया आइतबार मृत अवस्थामा फेला परेका छन् । डिजल लिएर पोखरा जान लागेको उक्त ट्याङकर सो ठाउँमा रोकी चालक घरमा गई बसेको तथा गाडी कुरुवा बसेका थपलिया गाडीभित्रै मृत अवस्थामा फेला परेका हुन् ।
 स्याङजा, वालिङ नगरपालिका–९ सुर्काउदीस्थित गाई फर्ममा काम गर्ने सोही नगरपालिका–११ पेखु बस्ने ५० वर्षीय गोपीबहादुर बिक सोही फर्मको बरन्डामा आइतबार मृत अबस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
करेन्ट लागेर मृत्यु
पर्सा, खेतमा पानी लगाउने क्रममा आइतबार अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका जिराभवानी गाउँपालिका–३ जितपुर बस्ने ३८ वर्षीय भुलाई रामको उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
पाँचथर,  याङवरक–४ ईवा खोलास्थित रैराङ हाइड्रोपावरमा पाईपलाईन बिछ्याई ओल्डिङ गर्ने क्रममा आइतबार अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका सोही हाइड्रोपावरमा काम गर्ने मकवानपुरको हेटौँडा बस्ने १८ वर्षीय अनिल तामाङको उपचारको लागि जिल्ला अस्पताल पाँचथर पु¥याउँदा मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?