प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई छलफलमा बोलाए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३, २०७३
|
|
२८२ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई छलफलमा बोलाएका छन् ।
  • उपेन्द्र यादव, महेन्द्र राय यादव लगायतका मोर्चाका नेताहरु प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेका छन् ।
  • प्रधानमन्त्रीले छलफलका लागि बोलाएकाले गएको तमसपा अध्यक्ष यादवले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई छलफलमा बोलाएका छन् ।

उपेन्द्र यादव, महेन्द्र राय यादव लगायतका मोर्चाका नेताहरु प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीले छलफलका लागि बोलाएकाले गएको तमसपा अध्यक्ष यादवले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरु पनि पुगेका छन् ।

मधेसी मोर्चामा आवद्ध चार दलले बिहीबार मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

यसअघि बुधबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सीमांकनबारे आयोगमार्फत टुंगो लगाउने र बाँकी विषयमा संविधान संशोधन गर्ने प्रस्ताव राखेका तिए ।

तर, मधेसी मोर्चाले प्रचण्डको प्रस्ताव अस्वीकार गर्दै असहयोग आन्दोलन घोषणा गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?