यी युवती बन्दैछिन् अनमोलको ‘क्याप्टेन’ को नायिका ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
३० पटक हेरिएको
Shares
यी युवती बन्दैछिन् अनमोलको ‘क्याप्टेन’ को नायिका ?

सारांश

  • अनमोल केसीको नयाँ फिल्म ‘क्याप्टेन’ मा उपासाना सिंह ठकुरी मुख्य नायिकाको रुपमा फाइनल भएकी छन् ।
  • मुख्य कलाकारमा अनमोल र उपासानाको राख्दै विकास वोर्डमा फिल्मको नाम दर्ता गराइएको छ ।
  • अनमोलले पनि आफु र उपासनाको तस्बिर सोशियल नेटवर्कमा सेयर समेत गरेका छन् ।

अनमोल केसीको नयाँ फिल्म ‘क्याप्टेन’ मा उपासाना सिंह ठकुरी मुख्य नायिकाको रुपमा फाइनल भएकी छन् । मुख्य कलाकारमा अनमोल र उपासानाको राख्दै विकास वोर्डमा फिल्मको नाम दर्ता गराइएको छ ।

अनमोलले पनि आफु र उपासनाको तस्बिर सोशियल नेटवर्कमा सेयर समेत गरेका छन् । तर निर्देशक दिवाकर भट्टराई भने नायिका तय भएको विषयमा केही खुलाउन नमिल्ने बताए । यद्पी विकास वोर्डमा दर्ता गरिएको फारममा भने फिल्मको नामदेखि निर्माण कम्पनी, मुख्य कलाकार र कथाकारको नाम उल्लेख छ ।

भुवन केसी र अनमोल केसीको निर्माता रहेको फिल्ममा सामिप्यराज तिमल्सिनाको कथा रहनेछ । मुख्य कलाकारको रुपमा अनमोल र उपासना रहेका छन् । रिलिज मिति भने उल्लेख गरिएको छैन ।

फागुन तेस्रो साताबाट छायाँकन सुरु हुने क्याप्टेन लाई आउँदो सालको तीजमा प्रदर्शन गर्ने भनिएको छ । अनमोल अभिनित पाँचौ फिल्म ‘कृ’ माघ २६ देखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?