छोरीका निम्ति जनसागरबीच लोकप्रिय नायिका रेखा थापा
सारांश
- सुर्खेत ।
- “छोरीका निम्ति स्वर्णिम महाअभियान”की अभियन्ता नेपाली चलचित्र जगतकी लोकप्रिय नायिका रेखा थापा यतिबेला बालविवाहविरुद्धको अभियानको दौडाहमा छिन् ।
- हिजो बाँकेको कार्यक्रममा सहभागी भएर आज सुर्खेतमा आयोजित विशाल कार्यक्रममा सहभागी भइन् रेखा ।
सुर्खेत । “छोरीका निम्ति स्वर्णिम महाअभियान”की अभियन्ता नेपाली चलचित्र जगतकी लोकप्रिय नायिका रेखा थापा यतिबेला बालविवाहविरुद्धको अभियानको दौडाहमा छिन् । हिजो बाँकेको कार्यक्रममा सहभागी भएर आज सुर्खेतमा आयोजित विशाल कार्यक्रममा सहभागी भइन् रेखा ।
चलचित्रको माध्यमबाट नेपाली महिलाहरुले भोग्दै आएका आर्थिक, सामाजिक, साँस्कृतिक असमानताका विरुद्धमा दरो आवाज उठाउँदै आएकी नायिका रेखाले यो महाअभियानका क्रममा बालबिवाहलाई जघन्य अपराध भन्दै त्यसको अन्त्य हुनुपर्नेमा जोड दिँदै आएकी छन् । असल र योग्य नारी भएर बाँच्नको लागि महिलाहरुले हरेक कदममा अन्तरनिहित क्षमता प्रदर्शन गर्नुपर्ने उनको तर्क छ ।
सुर्खेतमा आयोजित कार्यशालामा बोल्दै नायिका थापाले २० वर्ष नपुगी विवाह गर्न नहुने बताउँदै त्यो समय ज्ञान आर्जनमा लगाउनुपर्ने आवश्यकता औंल्याइन् । उमेर नपुगी केटा वा केटी कसैले पनि विवाह गर्न नहुने चर्चा गर्दै रेखाले भनिन्, “केटाचाहिँ कामको सिलसिलामा बाहिर जाने भएकाले सम्पूर्ण जिम्मेवारी आमाले सम्हाल्नुपर्ने वाध्यता हुन्छ । त्यसकारण केटाभन्दा पनि केटी होशियार हुनुपर्छ ।” सबै पक्षले बालविवाहलाई निरुत्साहित पार्न सहयोग गर्नुपर्ने पनि उनले बताइन् ।
अन्तर्राष्ट्रिय मोटिभेटर नरबहादुर कार्की पनि रेखासँगै छन् । कार्कीले कुनै मानिसले आफूलाई कमजोर ठान्न नहुने बताउँदै समाजलाई अग्रगामी दिशामा लैजान मुलुकमा महिलाहरुको ठूलो भूमिका रहने बताए । उनले महिलाहरु अपहेलित भएर होइन अधिकारको प्रयोगका लागि जन्मिएको उल्लेख गरे ।
Purna Thami
खाेई रेखा जी काे प्रधानमन्त्री बन्ने सपना?