सरकार हस्तान्तरणबारे चितवनमा देउवाले खोले मुख : यसो भने ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • चितवन, पुस ११ ।
  • प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक प्रकृयाबाटै सबै बाँकी कार्य पुरा गरी नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर भएको बताएका छन् ।
  • चितवनको सौराहामा मंगलबारदेखि सुरु भएको हात्ती महोत्सव उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवाले संवैधानिक प्रकृयामा सबैबाट सबै बाँकी कार्य पुरा हुने छ भन्ने विश्वास लिएको समेत बताए ।

चितवन, पुस ११ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक प्रकृयाबाटै सबै बाँकी कार्य पुरा गरी नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर भएको बताएका छन् ।

चितवनको सौराहामा मंगलबारदेखि सुरु भएको हात्ती महोत्सव उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवाले संवैधानिक प्रकृयामा सबैबाट सबै बाँकी कार्य पुरा हुने छ भन्ने विश्वास लिएको समेत बताए ।

नेपाली कांग्रेस सत्तामा रहे पनि नरहे पनि सधैँ नेपाल र नेपालीको विकासका लागि प्रतिबद्ध रहने पार्टी भएको देउवाले बताए । लोकतन्त्रिक प्रणाली र विकासको मार्ग अवरुद्ध नहोस् भन्नेमा कांग्रेस सधै सजग रहने उनले बताए ।

लामो संक्रमणकाललाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै विश्वासपूर्ण किसिमबाट सम्बोधन गर्दै शान्तीपूर्ण लोकतान्त्रिक निर्माण गर्न वर्तमान सरकार सफल भएको देउवाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?