सरकार हस्तान्तरणबारे चितवनमा देउवाले खोले मुख : यसो भने ?
सारांश
- चितवन, पुस ११ ।
- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक प्रकृयाबाटै सबै बाँकी कार्य पुरा गरी नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर भएको बताएका छन् ।
- चितवनको सौराहामा मंगलबारदेखि सुरु भएको हात्ती महोत्सव उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवाले संवैधानिक प्रकृयामा सबैबाट सबै बाँकी कार्य पुरा हुने छ भन्ने विश्वास लिएको समेत बताए ।
चितवन, पुस ११ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक प्रकृयाबाटै सबै बाँकी कार्य पुरा गरी नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर भएको बताएका छन् ।
चितवनको सौराहामा मंगलबारदेखि सुरु भएको हात्ती महोत्सव उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवाले संवैधानिक प्रकृयामा सबैबाट सबै बाँकी कार्य पुरा हुने छ भन्ने विश्वास लिएको समेत बताए ।
नेपाली कांग्रेस सत्तामा रहे पनि नरहे पनि सधैँ नेपाल र नेपालीको विकासका लागि प्रतिबद्ध रहने पार्टी भएको देउवाले बताए । लोकतन्त्रिक प्रणाली र विकासको मार्ग अवरुद्ध नहोस् भन्नेमा कांग्रेस सधै सजग रहने उनले बताए ।
लामो संक्रमणकाललाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै विश्वासपूर्ण किसिमबाट सम्बोधन गर्दै शान्तीपूर्ण लोकतान्त्रिक निर्माण गर्न वर्तमान सरकार सफल भएको देउवाले बताए ।
प्रतिक्रिया