मानसिक अस्पतालमा नर्सहरुको अनुभवः बिरामी आउँदा गाली, फर्किँदा माफी

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ९, २०७३
|
|
९९ पटक हेरिएको
Shares

सारांश

  • मानसिक रोगी अस्पतालमा आउँदा धेरै रिसाहा, कोही नबोल्ने भएका कारण नर्सहरुलाई भने धेरै समस्या हुनेगरेको पाइन्छ ।
  • अरु रोगीभन्दा मानसिक रोगीलाई बुझाउन गाह्रो हुने तथा नबुझ्ने भएका कारण नर्सले उनीहरूको सेवामा बढी समय दिनुपर्ने हुन्छ ।
  • एकान्तकुनास्थित रिदम न्युरो हस्पिटल एण्ड रिसर्च सेन्टरमा विगत दुई वर्षदेखि मानसिक रोगी कक्षमा कार्यरत सुन्दरी खड्का (स्मृति) मानसिक रोगीलाई अन्य बिरामीभन्दा बढी समय छुट्याउनुपर्ने अनुभव व्यक्त गर्छिन् ।

मानसिक रोगी अस्पतालमा आउँदा धेरै रिसाहा, कोही नबोल्ने भएका कारण नर्सहरुलाई भने धेरै समस्या हुनेगरेको पाइन्छ । अरु रोगीभन्दा मानसिक रोगीलाई बुझाउन गाह्रो हुने तथा नबुझ्ने भएका कारण नर्सले उनीहरूको सेवामा बढी समय दिनुपर्ने हुन्छ ।
एकान्तकुनास्थित रिदम न्युरो हस्पिटल एण्ड रिसर्च सेन्टरमा विगत दुई वर्षदेखि मानसिक रोगी कक्षमा कार्यरत सुन्दरी खड्का (स्मृति) मानसिक रोगीलाई अन्य बिरामीभन्दा बढी समय छुट्याउनुपर्ने अनुभव व्यक्त गर्छिन् ।

उनले मानसिक रोगी अस्पतालमा आउँदा क्रोधमा आउने भएका कारण अलि समस्या हुने र उनीहरुलाई सम्झाउन तथा बुझाउन कठिन हुन्छ भन्दै थप्छिन्, ‘‘रिसाएको बेलामा नराम्रा अपशब्द बोल्ने गर्छन् त्यस्तो बेला हामी संयमित हुनु आवश्यक हुन्छ ।’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।

उनले औषधि खान दिँदा रोगीहरु भाग्ने, खान नमान्ने, फाल्ने जस्तो व्यवहार गर्छ त्यस्तो बेला गार्ड दाइको मद्दत लिनुपर्ने जानकारी दिँदै भन्नुभयो, नशाबाट दिनुपर्ने औषधि दिन झन गाह्रो हुन्छ मान्दै मान्दैनन् त्यस समयको रोगीको परिवार र गार्ड दाइको मद्दतबाट हात खुट्टा समातेर दिनुपर्ने हुन्छ ।

अस्तालमा बढी साइकोसिस, लागूपदार्थ दुव्र्यसनमा फसेका तथा जाँड, रक्सी खानेहरु आउने गरेको जानकारी दिँदै खड्का भन्छिन्, ‘‘लागूऔषध तथा जाँड रक्सीको कुलतमा फस्नेहरु त अस्पतालमा आउँदा पनि अब कताबाट ल्याउने हामीलाई रक्सी ल्याउदेऊ जस्तो कुरा पनि गर्ने गर्छ । त्यस समयमा हामीले सम्झाउन अलि कठिन हुन्छ ।’’

बिस्तारै औषधि सेवन गरेपछि ठीक भएर घर जाँदा भने बिरामीहरुले होस् नभएको समयमा भएको अपव्यवहारप्रति माफी माग्छन् । धेरैले तिमी मेरो छोरी नातिनी बहिनीजस्तै हो नरिसाऊ है भन्दै माफी माग्नेहरु धेरै छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?