देउवाको दूत प्रचण्डसमक्ष : कांग्रेसको यस्तो नयाँ प्रस्ताव
सारांश
- काठमाडौं, १३ पुस ।
- नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फेरी पाँच वर्षको लागि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको छ ।
- आगामी बन्ने नयाँ सरकारको नेतृत्व लिन कांग्रेसले प्रचण्डलाई प्रस्ताव गरेको हो ।
काठमाडौं, १३ पुस । नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फेरी पाँच वर्षको लागि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको छ । आगामी बन्ने नयाँ सरकारको नेतृत्व लिन कांग्रेसले प्रचण्डलाई प्रस्ताव गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना दूत प्रचण्डसमक्ष पुर्याएका र प्रचण्डलाई पाँच वर्षको लागि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताइएको छ ।
स्रोतका अनुसार कांग्रेस, माओवादी, फोरम र राजपाको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव छ । तर यसबारेमा प्रचण्डले के प्रतिक्रिया दिए भन्ने अहिलेसम्म पनि खुल्न सकेको छैन् ।
उता एमालेले आफ्नो नेतृत्वमा माओवादी केन्द्रसहित मधेशकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई बाम पार्टीका शीर्ष नेताहरु सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला एमाले नेतृत्वले अन्य दललाई पनि समेट्न गृहकार्य गरेको छ ।
प्रतिक्रिया