नयाँ बसपार्कमा खुल्यो चाँदनी रोधी नाचघर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
नयाँ बसपार्कमा खुल्यो चाँदनी रोधी नाचघर

सारांश

  • काठमाडौं, पुस १४ ।
  • ‘गीत–संगीतमा नयाँपन, चादनी रोधी नाचघरको आगमन !
  • ’ भन्ने मुल नारा र लोक गीतको संरक्षण जगेर्ना गर्ने उद्देश्यले नयाँ सोच आधुनिक वैज्ञानिक प्रविधि शान्त र पारिवारिक वातावरणमा काठमाडौंको केन्द्रबिन्दु नयाँ बसपार्कमा चाँदनी रोधी नाचघरको औपचारिक उद्घाटन भएको छ ।

काठमाडौं, पुस १४ । ‘गीत–संगीतमा नयाँपन, चादनी रोधी नाचघरको आगमन !’ भन्ने मुल नारा र लोक गीतको संरक्षण जगेर्ना गर्ने उद्देश्यले नयाँ सोच आधुनिक वैज्ञानिक प्रविधि शान्त र पारिवारिक वातावरणमा काठमाडौंको केन्द्रबिन्दु नयाँ बसपार्कमा चाँदनी रोधी नाचघरको औपचारिक उद्घाटन भएको छ ।

नेपाली सिने जगतकी सदावार नायिका करिष्मा मानन्धरको हातबाट गीत संगीतका हस्तीहरु अमर गुरुङ, झलकमान गन्धर्व, तारादेवी, नारायणगोपाल, मास्टर मित्रसेन, कोइली देवी र अरुण थापाको तस्बिर अनावरण गरेर कार्यक्रम सुरुवात भएको थियो ।

पुस ५ गतेबाट सुरु गरिएको सो उद्घाटन सत्रमा नायिका करिष्मा मानन्धरले आफू पहिलो चोटी दोहोरी साँझ आएको र अब समय मिलाएर निरन्तर आइरहने जानकारी गराएकी थिइन् ।

मानन्धरले दोहोरी साँझले गीत संगीतको जगेर्ना मात्र नभई धेरैलाई रोजगार दिलाएकोमा खुसी पनि व्यक्त गरिन ।

५ गतेदेखि पुस १२ गतेसम्म चलेको उद्घाटन सत्रमा नेपालका ख्याती प्राप्त १२० भन्दा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । सो अवधीमा गीत संगीत, खेल जगतमा विशेष योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

अनौपचारिक रुपमा ४ महिनाअघि सञ्चालनमा आएको यस रोधी नाचघरमा एकदम सुरक्षित हुने अनुभव आगन्तुक पाहुनाहरुले गरेको पाइन्छ ।

स्वादिष्ट भोजनसहित गित संगीतमा रम्नको लागि एउटा अनुपम उदाहरण बनेको यस रोधी घरमा सुगम संगीत र लोक संगीतका हस्तीहरुको प्रस्तुती रहने गर्दछ ।

उद्घाटन सत्रमा बोल्दै संचालक समितिका अध्यक्ष भीम श्रेष्ठले यो रोधी नाचघर व्यवसयिक हिसाबले मात्र नभई रोधी घरलाई हेर्ने दृष्टिकोण परिवर्तन गराउनको लागि पनि संचालनमा ल्याएको प्रष्ट पारे ।

सोही समारोहमा अध्यक्ष श्रेष्ठले आफू प्रस्तोता समाज र रोयल्टि समाजसँग सहकार्य गरेर अनुरोध पत्रको अनुपातमा केही प्रतिशत रकम सम्बन्धित कलाकारहरुको हातमा पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाला चतुर्दर्शीको अबसरमा पशुपति मन्दिर परिसरमा भक्तजनहरुको भिड बड्दो ।(फाेटाे फिचर)
बाला चतुर्दर्शीको अबसरमा पशुपति मन्दिर परिसरमा भक्तजनहरुको भिड बड्दो ।(फाेटाे फिचर)
‘इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्यो’
सांसद डा वाग्ले भन्छन् : राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई चिर्नुछ
सांसद डा वाग्ले भन्छन् : राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई चिर्नुछ
महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ
महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ
Greek wildfires kill 50; hugging bodies found near beach !
Greek wildfires kill 50; hugging bodies found near beach !
विचलित नभई एकताका पक्षमा उभिनुस् : उपप्रधानमन्त्री पोख्ररेल
विचलित नभई एकताका पक्षमा उभिनुस् : उपप्रधानमन्त्री पोख्ररेल
सरकारले दिँदैछ युवाहरूका लागि पाँच कराेड सम्मकाे कर्जा (विवरण सहित)
दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्री दाहालद्वारा समवेदना
दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्री दाहालद्वारा समवेदना
रोनाल्डोले नेइमारलाई ‘नो’ भनेपछि…
रोनाल्डोले नेइमारलाई ‘नो’ भनेपछि…
A brief Look At A common Computer Software Software

तपाईंले छुटाउनुभयो कि?