पुसको तेस्रो साता राप्रपाको केन्द्रीय कार्य समिति बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
पुसको तेस्रो साता राप्रपाको केन्द्रीय कार्य समिति बैठक बस्दै

सारांश

  • काठमाडौं, पुस १६ ।
  •  राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको पछिल्लो परिस्थितिबारे छलफल गर्न आगामी पुस तेस्रो साता पार्टी केन्द्रीय कार्य समिति बैठक आह्वान गरेको छ।
  • अध्यक्ष कमल थापाले निर्वाचनको समिक्षासहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न आगामी पुस १९, २० र २१ गते पार्टी केन्द्रीय कार्य समिति बैठक बोलाइएको जानकारी दिएका हुन् ।

काठमाडौं, पुस १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको पछिल्लो परिस्थितिबारे छलफल गर्न आगामी पुस तेस्रो साता पार्टी केन्द्रीय कार्य समिति बैठक आह्वान गरेको छ।

अध्यक्ष कमल थापाले निर्वाचनको समिक्षासहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न आगामी पुस १९, २० र २१ गते पार्टी केन्द्रीय कार्य समिति बैठक बोलाइएको जानकारी दिएका हुन् ।

बाँकेको नेपालगञ्जमा स्थानीय संचारकर्मीमाझ उनले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेपनि पार्टीले लिएको नीति र कार्यदिशा भने उपयुक्त रहेको दाबी समेत गरे ।

उपप्रधानमन्त्री समेत रहेका थापाले निर्वाचन परिणामबाट विचलित नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । अध्यक्ष थापाले पार्टीको भावी रणनीति र कार्यदिशा तय गरी मुलुकलाई अघि बढाउन आफ्नो पार्टी सफल हुने दाबी समेत गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?