पराजयको अपजस पार्टी सभापतिलाई नदिन महामन्त्री कोइरालाको आग्रह
सारांश
- काठमाडौं, पुस १६ ।
- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले निर्वाचनमा कांग्रेसको पराजयको अपजस पार्टी सभापतिलाई नदिन आग्रह गरेका छन् ।
- ‘पार्टी सभापतिलाई आरोप गर्नुभन्दा कहाँ त्रुटि भएको छ, हेर्नुर्पयो’, उनले भने, ‘त्रुटिहरु धेरै छन् ।
काठमाडौं, पुस १६ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले निर्वाचनमा कांग्रेसको पराजयको अपजस पार्टी सभापतिलाई नदिन आग्रह गरेका छन् ।
‘पार्टी सभापतिलाई आरोप गर्नुभन्दा कहाँ त्रुटि भएको छ, हेर्नुर्पयो’, उनले भने, ‘त्रुटिहरु धेरै छन् । टिकट वितरणमा त्रुटि भएको छ । मूल्यांकन गर्ने हाम्रो क्षमता कमजोर रहेछ ।’
‘पार्टीलाई चुस्त, दुरुस्त पार्ने मेरो भूमिका हुन्छ, मलाई न प्रधानमन्त्री बन्ने मन छ न पार्टी सभापति’, उनले भने, ‘अबको ५ वर्ष पार्टी सुधारमा आफू केन्द्रित हुन्छु ।
‘बिपी कोइरालाले स्थापना गरेको पार्टीमा सुधार ल्याउँछु, त्यो गरें भने मेरो जीवन सफल भयो भन्ने म ठान्छु,’ महामन्त्री कोइरालाले भने ।
संसदमा अब कांग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका खेल्ने कोइरालाको भनाइ छ । ‘ठिक गरे ठिक र गलत गरे गलत भन्नुपर्छ’, उनले भने, ‘दोषीमात्रै ठर्हयाएर राष्ट्रको उन्नति हुँदैन ।
अबको हप्ता १० दिनमा पार्टीको केन्द्रीय समिति बैठक बसेर निर्वाचनको समीक्षा गर्ने जानकारी समेत कोइरालाले दिए ।
Mangara Mahato
Dosh ta unai lai lagchha sipahi ko jit kahilai hudaina senapati ko jit hunchha
Pokharel Raj
शेरे को हनुमान
Nand Gurung
kura sahiho.dos sabai ko xa.karan gai bhirma jada pani rameete bane ka xam. akhir paltanu jasai thiyo.
Bhakta Nagarkoti
Daka hoo
Nabin Acharya
Poudel Vanda afnu Palo aauxa vanera yo sere saga darauxa
Nabin Acharya
Aru koirala jasto huti vako xaena baru mawabadi lai party gathabandhan todna lauxu Vanna thalo amale mawabadi le Congress ko chal bujhe vanera mukha forera chokho huna khojo