भोली प्रदेश प्रमुख तोकिने
सारांश
- सरकारले भोली सोमबार सातै प्रदेशका लागि प्रमुख तोक्ने तयारी गरेको छ ।
- माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको मिति तय भइसकेका कारण भोली बस्ने क्याबिनेट मिटिङमार्फत प्रदेश प्रमुख तोकेर प्रादेशिक सांसदको सपथ गराउने योजना रहेको कानुनमन्त्री यज्ञबहादुर थापाले जनाएका छन् ।
- त्यस्तै अस्थायी प्रदेश राजधानीका बारेमा उठिरहेका विभिन्न माग, आन्दोलन, वामगठबन्धसँगको असहमति लगायतका विषयमा पनि गृहकार्य गरेर छलफल गर्न लागिएको मन्त्री थापाको भनाई छ ।
सरकारले भोली सोमबार सातै प्रदेशका लागि प्रमुख तोक्ने तयारी गरेको छ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको मिति तय भइसकेका कारण भोली बस्ने क्याबिनेट मिटिङमार्फत प्रदेश प्रमुख तोकेर प्रादेशिक सांसदको सपथ गराउने योजना रहेको कानुनमन्त्री यज्ञबहादुर थापाले जनाएका छन् । त्यस्तै अस्थायी प्रदेश राजधानीका बारेमा उठिरहेका विभिन्न माग, आन्दोलन, वामगठबन्धसँगको असहमति लगायतका विषयमा पनि गृहकार्य गरेर छलफल गर्न लागिएको मन्त्री थापाको भनाई छ ।
प्रादेशिक राजधानीका लागि सोमबारसम्म सहमति जुटाउने प्रयास भइरहेको पनि उनले बताए । सहमति नजुटे प्रदेशको अस्थाथी राजधानी घोषणा नगरिने भएको छ । प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथ गराउने, प्रमुखले प्रदेशका ज्येष्ठ सांसदलाई र प्रदेश प्रमुखले प्रदेश सांसदहरुलाई शपथ गराउने काम काठमाडौँमै पनि हुन सक्ने मन्त्री थापाले संकेत गरेका छन् । यद्यपी अस्थाथी प्रादेशिक राजधानीको विषयमा सहमति भए प्रदेश राजधानीमै शपथ गराउने तयारी पनि सरकारले गरिरहेको छ । अस्थायी राजधानी सरकारले तोके पनि पछि प्रदेशसभाले नै स्थायी राजधानी तोक्ने व्यवस्था संविधानमा उल्लेख छ ।
प्रतिक्रिया