पोखराको चोरसाँघुमा सेती नदीमाथि बनेको पक्की पुलको उद्घाटन
सारांश
- पोखराको चोरसाँघुमा सेती नदीमाथि बनेको पक्की पुलको सोमबार उद्घाटन गरिएको छ ।
- प्रतिनिधिसभाका सदस्य रवीन्द्र अधिकारीले उक्त पक्की पुलको पक्की पुलको यहाँ उद्घाटन गरेका हुन् ।
- पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ७ र १५ लाई जोड्ने चोरसाँघुमा सेती नदीमाथि सो पुल निर्माण भएको हो ।
पोखराको चोरसाँघुमा सेती नदीमाथि बनेको पक्की पुलको सोमबार उद्घाटन गरिएको छ । प्रतिनिधिसभाका सदस्य रवीन्द्र अधिकारीले उक्त पक्की पुलको पक्की पुलको यहाँ उद्घाटन गरेका हुन् ।
पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ७ र १५ लाई जोड्ने चोरसाँघुमा सेती नदीमाथि सो पुल निर्माण भएको हो । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग र जिल्ला समन्वय समितिको कूल रु एक करोड ६० लाख ८९ हजार ८५६ को लागतमा सो पक्की पुल निर्माण गरिएको हो ।

कूल २९ दशमलव ९ मिटर लम्बाइ र सात मिटर चौडाइ रहेको सो पुल निर्माणमा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको ७० प्रतिशत र जिल्ला समन्वय समितिको ३० प्रतिशत खर्च भएको छ । पुल निर्माणसँगै महानगरपालिकाको वडा नं ७, ९, १४, १५ र १७ का स्थानीयवासीलाई आवागमनमा सुविधा पुगेको छ ।
सो अवसरमा प्रतिनिधिसभाका सदस्य अधिकारीले निर्वाचनपछि वाम गठबन्धनले पाँच वर्ष सरकार चलाउन जनादेश प्राप्त गरेको उल्लेख गर्दै सो अवधिमा वाम गठबन्धनको सरकारले राम्रो काम गरे अर्कोपटकको निर्वाचनमा निरन्तरता पाउने तथा राम्रो काम नगरे हराउनुपर्ने विचार व्यक्त गरे।
प्रदेशसभा सदस्य कृष्ण थापाले राजनीतिक क्रान्ति सकिएकाले अब विकास र आर्थिक समृद्धि गर्ने क्रान्तिको युग भएको बताउँदै यसका लागि नेपाली जनतालाई सुख र शान्ति दिन सबै जनप्रतिनिधि अगाडि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया