रित्तिँदै राष्ट्रिय ढुकुटीः कर बक्यौता नै करिब ७९ अर्ब !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २५, २०७४
|
|
४३ पटक हेरिएको
Shares
रित्तिँदै राष्ट्रिय ढुकुटीः कर बक्यौता नै करिब ७९ अर्ब !

सारांश

  • २५ पुस, काठमाडौं ।
  • राज्यले उठाउनुपर्ने कर बक्यौता ७८ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।
  • राष्ट्रिय ढुकुटी रित्तिँदै गएकामा चिन्ता व्यक्त भइरहँदा उक्त परिमाणको कर बक्यौता देखिएको हो ।

२५ पुस, काठमाडौं । राज्यले उठाउनुपर्ने कर बक्यौता ७८ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्रिय ढुकुटी रित्तिँदै गएकामा चिन्ता व्यक्त भइरहँदा उक्त परिमाणको कर बक्यौता देखिएको हो ।

ठूला करदाता कार्यालयका अनुसार ठूला र्फमबाट उठ्नुपर्ने आयकरको बक्यौता ७८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशूल्कको यस्तो बक्यौता ९४ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यो गत मंसिरसम्मको आँकडा हो ।

बक्यौता बढेपछि कर तिर्न कार्यालयले पटक-पटक सार्वजनिक सूचना जारी गरिसकेको छ । तर, अधिकांश र्फमले अटेर गर्दै आएका छन् ।

कार्यालयले गत कात्तिक अन्तिम साता एक र पुसमा दुई पटक सूचना जारी गरिसकेको छ । गत कात्तिकमा कर नतिर्ने २७, पुसमा एक पटक १६ र अर्कोपटक एनसेललाई कर दाखिला गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।

तीनै पटक बक्यौता दाखिला गर्न १५ दिने म्याद दिइएको थियो । तर, अधिकांश करदाताले अझै पनि बुझाएका छैनन् ।

आन्तरिक राजश्व विभागमातहतको उक्त कार्यालयअन्तर्गत् १२ सय ३४ ठूला करदाता छन् । कार्यालयले वस्तुको हकमा ४० करोड र सेवाको हकमा २५ करोड रुपैयाँमाथिको कर असुल गर्छ ।

बक्यौता उठ्न बाँकी रहेका र्फमको सूचीमा रहेका करदातामध्ये केही राजश्व न्यायाधीकरण र केही सर्वोच्च अदालतमा पुगेका छन् । राजश्व कार्यालयले निर्धारण गरेको करमा चित्त नबुझेमा प्रशासकीय पुनरावलोकन, राजश्व न्यायाधीकरण र सर्वोच्च अदालतमा करदाता जान पाउने कानूनी व्यवस्था छ ।

सम्बन्धित निकायबाट समयमा न्याय निरुपण नहुँदा पनि बक्यौता उठाउन नसकिएको कार्यालयको भनाइ छ । करिब पाँच सय करदाता न्यायिक मामिलामा अल्झेका छन् ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ (संशोधनसहित)मा तोकिएको अवधिभित्र कर रकम दाखिला नगरिए करदाताको सम्पत्तिमाथिको दाबी, त्यसको लिलाम, बिक्री तथा नेपालबाहिर लैजान रोक लगाइने, भुक्तानी लिने र खाता रोक्का गरी बक्यौता असुल्न सकिने व्यवस्था छ ।अन्लाईनखबर बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
राष्ट्रिय बिदाको ठाउँमा स्थानीय बिदा थप्ने गापाको तयारी
राष्ट्रिय बिदाको ठाउँमा स्थानीय बिदा थप्ने गापाको तयारी
स्वास्थ्य चौकीमा औषधि अभाव
स्वास्थ्य चौकीमा औषधि अभाव
नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको डा.वाग्लेको दाबी  https://shikharkhabar.com/2023/12/22/160158
नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको डा.वाग्लेको दाबी https://shikharkhabar.com/2023/12/22/160158
एकीकृत नमूना कृषि फार्म चलाउँदै सहकारी
एकीकृत नमूना कृषि फार्म चलाउँदै सहकारी
दुई ट्रक पैसा लगिएको प्रमाणित गर्न प्रचण्डको सचिवालयको चुनौती
दुई ट्रक पैसा लगिएको प्रमाणित गर्न प्रचण्डको सचिवालयको चुनौती
आईपीएल : वर्षा प्रभावित ५–५ ओभरमा खेलाइएको खेलमा डिभिलियर्सको छक्काको वर्षात
आईपीएल : वर्षा प्रभावित ५–५ ओभरमा खेलाइएको खेलमा डिभिलियर्सको छक्काको वर्षात
मर्सी एजुकेशनले दियो एकजनालाई आइफोन एक्स र ४ जनालाई ट्याव उपहार (फाेटाेफिचर सहित)
मर्सी एजुकेशनले दियो एकजनालाई आइफोन एक्स र ४ जनालाई ट्याव उपहार (फाेटाेफिचर सहित)
विधिपूर्वक कालीगण्डकीको शिला हस्तान्तरण
विधिपूर्वक कालीगण्डकीको शिला हस्तान्तरण
हरिवन नगरपालिका १ मा एमालेको प्यानल बिजयी
हरिवन नगरपालिका १ मा एमालेको प्यानल बिजयी