शंकरदेव र नेपाल कमर्स क्याम्पस फाईनलमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २९, २०७३
|
|
८७७ पटक हेरिएको
Shares
शंकरदेव र नेपाल कमर्स क्याम्पस फाईनलमा

सारांश

  • २९ चैत, काठमाडौं ।
  • शंकरदेव र नेपाल कमर्स क्याम्पस राजधानीमा जारी युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिडने भएका छन ।
  • आज भएको सेमिफाइलनमा शंकरदेवले त्रिभुवन विश्वविध्यालयलाई २२ रनले हरायो भने कमर्स क्याम्पसले गोल्डेनगेट कलेजलाई ६ विकेटले पाखा लगायो ।

२९ चैत, काठमाडौं । शंकरदेव र नेपाल कमर्स क्याम्पस राजधानीमा जारी युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिडने भएका छन ।

आज भएको सेमिफाइलनमा शंकरदेवले त्रिभुवन विश्वविध्यालयलाई २२ रनले हरायो भने कमर्स क्याम्पसले गोल्डेनगेट कलेजलाई ६ विकेटले पाखा लगायो । किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गोल्डेन गेटले २० ओभरमा एक सय ३० रन बनायो । उसका लागि तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा सञ्जय बस्नेतले ३७ तथा प्रशन्न शाक्य र सौरभ सिंहले समान १८ रन बनाए । जवाफमा कर्मस क्याम्पसले दुई बल बाकि हुदा लक्ष्य पुरा गरयो । उसका लागि पवन श्रेष्ठले अविजीत ४२ तथा हिमान्सु दत्तले २५ र रोशन बडालले २२ रन बनाए ।

यस्तै  धिरज अधिकारीले १७ रन थपे । अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको शंकरदेवले २० ओभरमा पाच विकेट गुमाउदा एक सय ६३ रन बनायो । उसका लागि आयुस्मान बमले ४६ तथा आशिष पोखरेलले ३८ र रविन्द्र शाहीले २२ तथा रविन चन्दले २१ रन बनाए । जवाफमा टियु २० ओभरमा नौ विकेट गुमाउदा एक सय ४१ रनमा अलआउट भयो । उसका लागि आचल चौधरीले ४२ तथा अल्फाज मन्सुरीले २८ रन बनाएपनि बाकि खेलाडीले खासै राम्रो खेल्न सकेनन । जसका कारण टिम सेमिफाइनलबाट बाहिरीयो । प्रतियोगिताको फाइनल खेल आज  हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?