प्रधानन्यायाधीश गोपाल पराजुली अचानक किन पुगे रुकुम ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
प्रधानन्यायाधीश गोपाल पराजुली अचानक किन पुगे रुकुम ?

सारांश

  • काठमाडौं, पुस २८ ।
  • प्रधानन्यायाधीश गोपाल पराजुली अचानक एकाएक रुकुम पुगेका छन् ।
  • रुकुम टुक्रिएर बनेको ७७ औँ जिल्लामा नयाँ जिल्ला अदालत उद्घाटनका लागि उनी बेञ्च तोकेर शुक्रबार रुकुमकोट पुगेका हुन् ।

काठमाडौं, पुस २८ । प्रधानन्यायाधीश गोपाल पराजुली अचानक एकाएक रुकुम पुगेका छन् । रुकुम टुक्रिएर बनेको ७७ औँ जिल्लामा नयाँ जिल्ला अदालत उद्घाटनका लागि उनी बेञ्च तोकेर शुक्रबार रुकुमकोट पुगेका हुन् ।

स्रोतका अनुसार पराजुली बेञ्च तोकेरै रुकुम पुगेका हुन् । ‘उहाँ भोलि आफैँ पनि इजलासमा बस्नुहुन्छ । इजलासमा बस्न नपर्ने कुनै व्यवस्था भएको छैन, उहाँ आजै फर्कनुहुन्छ’ एक न्यायाधीशले भने ।

सर्वोच्च अदालतमा न्यायाधीशहरूलाई प्रधानन्यायाधीशले बेञ्च तोक्छन् । अनि कुन मुद्दाको जिम्मा कसलाई दिने टुङ्गो गर्छन् ।

सर्वोच्च अदालतले गत बुधबार पराजुलीको नागरिकता र एसएलसीको प्रमाणपत्र झिकाएपछि कतिपय कानून व्यवसायीले नैतिक प्रश्न उठाएका थिए । उनीहरूले सर्वोच्चले पराजुलीको कागजपत्र छानबिन गर्न लागेकाले आफू विरुद्धको मुद्दामा इजलास तोक्न नमिल्ने बताएका थिए ।

(https://ausoma.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?