जाडो पीडितलाई न्यानो बाँड्ने अभियानमा वाइसिएल
सारांश
- काठमाडौं ।
- तराईमा जाडोले कठ्याङिग्रएर दर्जनौंको ज्यान गइरहेको र कैयौं मानिसहरु शितलहरले बिरामी भइरहेको अबस्थामा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपालले राहत वितरण गर्ने भएको छ ।
- वाइसिएलले जाडोबाट बच्नका लागि तराईका जिल्लाहरुमा न्यानो लिएर जान लागेको बताएको छ ।
काठमाडौं । तराईमा जाडोले कठ्याङिग्रएर दर्जनौंको ज्यान गइरहेको र कैयौं मानिसहरु शितलहरले बिरामी भइरहेको अबस्थामा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपालले राहत वितरण गर्ने भएको छ । वाइसिएलले जाडोबाट बच्नका लागि तराईका जिल्लाहरुमा न्यानो लिएर जान लागेको बताएको छ ।
“तपाइँ कम्बल दिएर सहयोग गर्नुस्, हामी न्यानो लिएर जाँदैछौं” भन्ने मूल नाराका साथ राहत वितरण गर्न लागेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए । “हामी संगठन बनाएर मात्र बस्दैनौं”, दीपशिखाले भने “संगठनबाट सामाजिक काम पनि गर्छौं ।”
राहत संकलनका लागि वाइसिएलले विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई आव्हान गरेको छ । राहत संकलनका लागि माघ ३ गतेसम्मको समयसीमा वाइसिएलले तोकेको छ । यो अवधिभित्र सबैले राहत सामग्री दिएर सहयोग गर्न वाइसिएलले आग्रह गरेको छ । यसअघि वाइसिएलले तराईका बाढी पीडितहरुलाई राहत वितरण समेत गरेको थियो ।
प्रतिक्रिया