थारु बस्तीमा माघीको रौनक

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १, २०७४
|
|
४६ पटक हेरिएको
Shares
थारु बस्तीमा माघीको रौनक

सारांश

  • कञ्चनपुर, १ माघ: कञ्चनपुरका थारू समुदायको माघी पर्व आजदेखि शुरु भएको छ ।
  • थारू समुदायले यस पर्वलाई नयाँ वर्षका रुपमा मनाउँदै आएका छन् ।
  • बिहानै सूर्य नउदाउँदै थारू समुदायले नजिकको नदी, तलाउ, कुवामा गई फूल, चामल, पैसा हातमा लिई नुहाई ढुङ्गालाई महादेव मानी जल, फूल र दक्षिणा मिसाई भगवान् महादेवको दर्शन गरेका छन् ।

कञ्चनपुर, १ माघ: कञ्चनपुरका थारू समुदायको माघी पर्व आजदेखि शुरु भएको छ ।

थारू समुदायले यस पर्वलाई नयाँ वर्षका रुपमा मनाउँदै आएका छन् । बिहानै सूर्य नउदाउँदै थारू समुदायले नजिकको नदी, तलाउ, कुवामा गई फूल, चामल, पैसा हातमा लिई नुहाई ढुङ्गालाई महादेव मानी जल, फूल र दक्षिणा मिसाई भगवान् महादेवको दर्शन गरेका छन् ।

नदी तलाउमा नुहाएर महादेवको दर्शन गरे वर्षभरि गरेका पापकर्म हराएर जाने जनविश्वास रहेको थारू भलमन्सा नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । नुहाएर घर फर्केपछि दिदी–बहिनी, फुपू, भान्जाभान्जीका लागि पाँचदेखि सात अञ्जुली चामल , नुन–खुर्सानी छुट्यार्ई यस अवसरमा निसराउ दिने चलन रहेको छ ।

त्यसपछि गाउँका मान्यजनबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद साटासाट गरिसकेपछि मान्यजनसँग बसी विशेष प्रकारले बनेको चामलको पीठोको ढिक्री, बंगुरको मासु, अन्दी चामलको झोल र विविध प्रकारको परिकार खाने गरिन्छ । वडघरियाको घरबाट शुरु गर्दै मघौटा नाच बस्तीका सबैको घरघरमा गई नाच्दै मनोरञ्जन गर्ने चलन छ ।

मघौटा नाचमा दक्षताअनुसार नगद नाच्ने महिलाले उतानो परी आँखाको परेला र मुखबाट उठाउने गर्दछन् । माघको दोस्रो दिन गाउँका सम्पूर्ण व्यक्तिको जमातबाट वर्षभरिमा गरिने विकास निर्माण, विवाह, अंशबण्डा र सामाजिक कार्यको योजाना बनाइने गरिन्छ । विगतका वर्षको योजनाको समीक्षा गरिन्छ । यसै दिन गाउँको योजना कार्यान्वयनको नेतृत्व लिने वडघरियाको छनोट गरिन्छ ।

गाउँमा आउने रोगब्याधी, दैवी प्रकोप हटाउनका लागि धार्मिक मान्यताअनुरुप गुरुवा र गाउँमा खबर आदान–प्रदानको व्यवस्था गर्न चौकीदारको छनोट गरिँदै आएको थारू अगुवा पुरन चौधरीले बताउनुभयो ।

माघी पर्व शुरु हुनु एक दिन अगावै गाउँका थारू समुदायले सामूहिक रुपमै सुँगुर, बाख्रा, कुखुरा काटेर खाने गरेपनि माघ महिना शुरु भएपछि कुनै पनि जनावरको बध गर्न नहुने उहाँले बताउनुभयो । नयाँ वर्षका रुपमा माघी पर्व मनाइने भएकाले पढाइ तथा रोजगारीका लागि बाहिरिएका थारू समुदायका व्यक्ति माघी मनाउन घर फर्कने गरेका छन् । थारू बूढापाकाका अनुसार माघी पर्वसँगै नयाँ कामको शुरुवात हुने, चराले बोली परिवर्तन गर्ने, रूखमा नयाँ पालुवा पलाउने भएकाले थारू समुदायले माघीलाई नयाँ वर्षका रुपमा मान्ने गरेका छन् ।

माघ महिनालाई थारू समुदायले शुभ महिनाका रुपमा लिने गर्दछन् । यस महिनामा गरिने सम्पूर्ण कार्य सफल हुने टिकुराम दहितले बताउनुभयो । भलमन्सको घरमा जम्मा भएर गाउँका सबैले मनोरञ्जन गर्ने चलन भने हाल हराउँदै गएको छ । माघीमा गाउँघरमा ढोग स्यावा लाग्ने, दिदी–बहिनीलाई कोशेलीसहित भेट्न जाने, मघौटा नाचको आयोजना गर्ने, अंशबण्डा गरिने, गुरुवा केशौका र बडघर चुन्नेलगायत कार्य चल्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आयोगले दर्ता गरेको ललिता निवास जग्गा प्रकरणको मुद्दा
यस्तो छ आयोगले दर्ता गरेको ललिता निवास जग्गा प्रकरणको मुद्दा
हिजो घटेको चिसो आज एक्कासी किन बढ्यो ? थाहा पाउनुस् कारण
हिजो घटेको चिसो आज एक्कासी किन बढ्यो ? थाहा पाउनुस् कारण
आजको बिदेशी मुद्राको बिनिमय दर
आजको बिदेशी मुद्राको बिनिमय दर
म्याद टाँस्न नदिने सइ र अन्य  बारे अनुसन्धान गरिने  …
म्याद टाँस्न नदिने सइ र अन्य बारे अनुसन्धान गरिने …
प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेले दिएको अल्टिमेटम आज सकियो
प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेले दिएको अल्टिमेटम आज सकियो
प्रदेश सरकारले तोक्यो मुख्यमन्त्री र मन्त्रीहरुको सेवासुविधा, कसले कति पाउने ?
प्रदेश सरकारले तोक्यो मुख्यमन्त्री र मन्त्रीहरुको सेवासुविधा, कसले कति पाउने ?
थानकोट नाका :लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु
थानकोट नाका :लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु
विभाग र आयोगको नाम टुंगो लगाउन प्रचण्डलाई सकस
विभाग र आयोगको नाम टुंगो लगाउन प्रचण्डलाई सकस
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव
एभरेष्ट बैंकले पाँचखाल नगरपालिकाका कृषकलाई सहुलियत ऋण दिने
एभरेष्ट बैंकले पाँचखाल नगरपालिकाका कृषकलाई सहुलियत ऋण दिने