यात्रा गर्दै हुनुहुन्छ ? नारायणगढ–चितवन सडकखण्ड रातिमा ६ घण्टा बन्द हुँदैछ
सारांश
- काठमाडौं, ३ माघ ।
- नारायणगढ–मुग्लिन सडकखण्डको यातायात सेवा आजदेखि फेरि रातिमा ६ घण्टा बन्द हुँदैछ ।
- माघेसङ्क्रान्ति पर्वको अवसरमा ४ दिन खुला गरिएको रात्रिकालीन सेवा राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिएका छन् ।
काठमाडौं, ३ माघ । नारायणगढ–मुग्लिन सडकखण्डको यातायात सेवा आजदेखि फेरि रातिमा ६ घण्टा बन्द हुँदैछ । माघेसङ्क्रान्ति पर्वको अवसरमा ४ दिन खुला गरिएको रात्रिकालीन सेवा राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिएका छन् ।
देवघाटको माघी मेलालाई मध्यनगर गरी पुस २९ देखि माघ २ गतेसम्म रातिको समयमा पनि यातायात सेवा सञ्चालन गरिएको थियो । आजै राति १० बजेदेखि यातायातका साधन बन्द गरी काम सुचारु गरिने यादवले बताए । उक्त सडकखण्डमा पुस १८ देखि राति १० बजेदेखि ४ बजेसम्म ६ घण्टा सवारी आवागमन बन्द गरेर भित्ता काट्ने काम भइरहेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया