पक्राउ पर्ने डरले दीपक मनाङे सपथ लिन गएनन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
२० पटक हेरिएको
Shares
पक्राउ पर्ने डरले दीपक मनाङे सपथ लिन गएनन्

सारांश

  • पोखरा, ७ माघ ।
  • प्रदेश नम्बर ४ अन्तर्गत मनाङबाट प्रदेशसभा (ख)मा निर्वाचित स्वतन्त्र सांसद् दीपक मनाङे नामले चिनिने राजीव गुरुङ प्रदेशसभा सदस्यको सपथ ग्रहणमा उपस्थित भएनन् ।
  • फौजदारी मुद्दामा दोषी ठहर गर्दै पनरावेदन अदालत पाटन पक्राउ गर्ने आदेश दिएसँगै उनी फरार छन् ।

पोखरा, ७ माघ । प्रदेश नम्बर ४ अन्तर्गत मनाङबाट प्रदेशसभा (ख)मा निर्वाचित स्वतन्त्र सांसद् दीपक मनाङे नामले चिनिने राजीव गुरुङ प्रदेशसभा सदस्यको सपथ ग्रहणमा उपस्थित भएनन् । फौजदारी मुद्दामा दोषी ठहर गर्दै पनरावेदन अदालत पाटन पक्राउ गर्ने आदेश दिएसँगै उनी फरार छन् ।

प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएपछि उनले सपथ लिन पाएनन् । प्रदेश ४ का सांसद्को पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम पोखरामा आइतबार सकिएको छ । तर शपथ मनाङे नआएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अशोक सिहंले जानकारी दिए ।

प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार बिहान पदभार ग्रहण गरेलगत्तै सपथ ग्रहणको कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?