प्रचण्डले यसरी आँकलन गरे आगामी पाँच वर्षका अवसर र चुनौति
सारांश
- काठमाडौं, ११ माघ ।
- पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले अबका पाँच वर्ष बामपन्थीहरुका लागि अवसर र चुनौति दुबै भएको बताएका छन् ।
- रुपन्देहीको देवदहमा आयोजित चौंथो राष्ट्रिय औद्योगिक व्यापार मेलाको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले आफूहरुको आगामी पाँच वर्षको अवसर र चुनौतिहरुको आँकलन यसरी गरे, “जनताले बामपन्थीहरुलाई विश्वास गरेका छन् ।
काठमाडौं, ११ माघ । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले अबका पाँच वर्ष बामपन्थीहरुका लागि अवसर र चुनौति दुबै भएको बताएका छन् ।
रुपन्देहीको देवदहमा आयोजित चौंथो राष्ट्रिय औद्योगिक व्यापार मेलाको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले आफूहरुको आगामी पाँच वर्षको अवसर र चुनौतिहरुको आँकलन यसरी गरे, “जनताले बामपन्थीहरुलाई विश्वास गरेका छन् । कम्युनिष्टहरुको बहुमत आएको छ । यो हाम्रा लागि राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासनको पक्षमा दिएको अवसर हो । जनताले निकै ठूलठूला अपेक्षा गरेका छन् । राम्रो काम गर्न सक्यौं भने हामीलाई फेरि पनि अवसर आउने छ । सक्छौ कि सक्दैनौं ? यो हाम्रा लागि चुनौति पनि हो । अब विकास र सुशासनको विकल्प छैन, हामीले सक्नैपर्दछ ।”
देशले अब पनि राजनीतिक अराजकता र अस्थिरता सहन सक्दैन भन्दै प्रचण्डले समृद्धिको नयाँ युगतिर जानै पर्ने उल्लेख गरे । प्रचण्डले भने, “जलविद्युत र पर्यटन विकासमा हामीले जोड गर्नुपर्दछ । देवदह गौतम बुद्धको मावलीघर पनि हो । हामीले बुद्ध सर्किटभित्र यसलाई राखेर पर्यटनको विकास गर्नेछौं । देवदहमा बौद्ध विश्वविद्यालयको स्थापनामा मेरो पूरै सहयोग रहनेछ ।”
अहिले तोकिएका प्रदेशका केन्द्र अस्थायी हुन् भन्दै उनले थपे, “यी प्रदेशका राजधानी होइनन् । प्रदेशको राजधानी तोक्ने अधिकार प्रादेशिक संसदलाई मात्र छ । नेपालगञ्जमा आयोजित प्रादेशिक महोत्सवमा प्रचण्डले भने, “प्रदेशभित्र सबै साधनस्रोत एकै ठाउँमा राख्नु हुँदैन । एउटै प्रदेशभित्र पनि प्रदेश राजधानी, मन्त्रालय र अन्य सरकारी कार्यालय फरक फरक ठाउँमा राख्नु राम्रो हुन्छ । प्रदेशभित्र पनि अधिकारको बाँडफाँड गरिन्छ ।”
प्रतिक्रिया