तालिम लिनै खोज्दैनन् विदेश जानेहरु
सारांश
- काठमाडौं, १२ माघ- ४० जनालाई निःशुल्क गार्मेन्ट तालिम लिन पटकपटक प्रयास गर्दा आवश्यक संख्या नजुटेपछि ललितपुरमा रहेको सुवर्ण मल्टिपल ट्रेनिङ सेन्टरले २६ जनाबाटै केही दिनअघि उक्त तालिम सुरु गर्यो ।
- काम गर्न बिदेसिनेलाई दक्ष बनाउन सुरक्षित आप्रवासन ९सामी० परियोजनाको सहयोगमा उक्त ट्रेनिङ सेन्टरले गार्मेन्टसम्बन्धी सीप निःशुल्क सिकाउने मात्र नभई बस्ने, खाने व्यवस्था गरेको सूचना पटकपटक सार्वजनिक सञ्चार माध्यमबाट जारी गर्दा पनि आवश्यक संख्या नपुगेको आजको नागरिक दैनिकमा रुद्र खड्काले खबर लेखेका छन् ।
- ‘निःशुल्क सीप सिकाउनुको साथै खाने, बस्नेसहित ४० जनालाई सहयोग गर्ने अवस्थामा थियौं,’ ट्रेनिङ सेन्टरकी संयोजक सोनाली ताम्राकारले भनिन्, ‘प्रशिक्षार्थी जुटाउन विभिन्न सञ्चार माध्यममा सूचना जारी गर्नेदेखि लिएर सामीले कार्यक्रम सञ्चालन गरिरहेका १६ जिल्लाका सूचना केन्द्रमा समेत बस्ने, खानेसहित निःशुल्क तालिमबारे खबर पुर्यायौं ।
काठमाडौं, १२ माघ- ४० जनालाई निःशुल्क गार्मेन्ट तालिम लिन पटकपटक प्रयास गर्दा आवश्यक संख्या नजुटेपछि ललितपुरमा रहेको सुवर्ण मल्टिपल ट्रेनिङ सेन्टरले २६ जनाबाटै केही दिनअघि उक्त तालिम सुरु गर्यो ।
काम गर्न बिदेसिनेलाई दक्ष बनाउन सुरक्षित आप्रवासन ९सामी० परियोजनाको सहयोगमा उक्त ट्रेनिङ सेन्टरले गार्मेन्टसम्बन्धी सीप निःशुल्क सिकाउने मात्र नभई बस्ने, खाने व्यवस्था गरेको सूचना पटकपटक सार्वजनिक सञ्चार माध्यमबाट जारी गर्दा पनि आवश्यक संख्या नपुगेको आजको नागरिक दैनिकमा रुद्र खड्काले खबर लेखेका छन् ।
‘निःशुल्क सीप सिकाउनुको साथै खाने, बस्नेसहित ४० जनालाई सहयोग गर्ने अवस्थामा थियौं,’ ट्रेनिङ सेन्टरकी संयोजक सोनाली ताम्राकारले भनिन्, ‘प्रशिक्षार्थी जुटाउन विभिन्न सञ्चार माध्यममा सूचना जारी गर्नेदेखि लिएर सामीले कार्यक्रम सञ्चालन गरिरहेका १६ जिल्लाका सूचना केन्द्रमा समेत बस्ने, खानेसहित निःशुल्क तालिमबारे खबर पुर्यायौं । तैपनि आवश्यक संख्या जुटेन ।’
वैदेशिक रोजगारीमा जाने कामदारले आवश्यक सीप नसिक्दा एकातिर राम्रो पारिश्रमिक पाउन नसकेको र अर्कोतर्फ जोखिमका घटना बढेको गुनासोबीच कामदारलाई दक्ष बनाउन सुरु गरिएका तालिममा सरोकारवालाकै आकर्षण देखिएन । वैदेशिक रोजगारीमा जान मरिहत्ते गर्ने युवायुवतीलाई निःशुल्क सीप सिकाउन खोज्दा इच्छुक व्यक्ति फेला नपरेपछि तिनलाई कसरी दक्ष बनाउने भन्नेमा चुनौती थपिएको सम्बद्ध अधिकारी बताउँछन् ।
श्रम विज्ञहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सम्बन्धित कामको सीप अनिवार्य हुनुपर्ने आवश्यकतामा जोड दिइरहेको बेला खाने, बस्नेसहित निःशुल्क तालिम दिन खोज्दा त्यस्ता तालिममा सीप सिक्न न्यून संख्याको आकर्षण भइरहेको पाइएको हो । सुवर्ण मल्टिपल ट्रेनिङ सेन्टरकी संयोजक ताम्राकार सामीको सहयोगमा गार्मेन्टको तालिम निःशुल्क हुने मात्र नभई रोजगारीका लागि जोर्डन जाने महिलाको लागत खर्चसमेत शून्य हुने व्यवस्था मिलाइएको बताउँछिन् । ‘रोजगारीका लागि जोर्डन जाने महिलालाई तालिम निःशुल्क हुने मात्र नभई जोर्डन जाँदासम्म एक रुपैयाँ खर्च हुँदैन भनिरहेका छौं,’ सामी परियोजनाकी व्यवसायिक सीप विकास अधिकृत सुनिला बनियाँ भन्छिन्, ‘बढी भन्दा बढी महिलाको वैदेशिक रोजगारी सुरक्षित र उपलब्धिमूलक होस् भनेर गरिएका प्रयासमा समेत उनीहरूको खासै चासो देखिएको छैन ।’
प्रतिक्रिया