सात भाइ एक ठाउँ भएका युवा नेता तितरवितर: गगनले लिए नयाँ रणनीति !
सारांश
- काठमाडौं, १३ माघ ।
- पार्टीले चुनावमा लज्जास्पद हार बेहोरेपछि नेतृत्वको आलोचना गर्दै कांग्रेसलाई सुधारको बाटोमा लैजान एकताबद्ध भएका युवानेताहरु अहिले विभाजित भएका छन् ।
- सभापति शेरबहादुर देउवासहित शीर्ष नेता र पदाधिकारीहरुको कमजोरीका कारण कांग्रेसले चुनाव हार्नुपरेको ठहर गर्दै युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर कांग्रेसलाई पुनर्जीवन दिनुपर्ने भन्दै आवाज उठाएका युवा नेताहरु तितरवितर जस्तै बनेका हुन् ।
काठमाडौं, १३ माघ । पार्टीले चुनावमा लज्जास्पद हार बेहोरेपछि नेतृत्वको आलोचना गर्दै कांग्रेसलाई सुधारको बाटोमा लैजान एकताबद्ध भएका युवानेताहरु अहिले विभाजित भएका छन् ।
सभापति शेरबहादुर देउवासहित शीर्ष नेता र पदाधिकारीहरुको कमजोरीका कारण कांग्रेसले चुनाव हार्नुपरेको ठहर गर्दै युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर कांग्रेसलाई पुनर्जीवन दिनुपर्ने भन्दै आवाज उठाएका युवा नेताहरु तितरवितर जस्तै बनेका हुन् ।
७ जना युवा नेताहरुको समूहमा विश्वप्रकाश शर्मा, गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, बद्री पाण्डे, प्रदिप पौडेल र गुरु घिमिरे थिए । तर अहिले शर्मालाई देउवाले पार्टीको प्रवक्ता बनाएर समूहबाट अलग गराइदिएका छन् भने पाण्डेलाई पनि राष्ट्रियसभाका लागि टिकट दिएर भुलाएका छन् ।
भण्डारीले त शर्मालाई लोभमा फसेर प्रवक्ता बन्न गएको आरोप नै लगाएका छन् । पछिल्लो समय चन्द्र भण्डारी र विश्वप्रकाश शर्माबीच बोलचाल नै बन्द भएको बताइएको छ ।
प्रवक्ता बन्नुअघि युवाहरुसँग मिलेर एउटै आवाज गरेका शर्मा एजेण्डा छोडेर हिँडेको आरोप अरु नेताहरुले पनि लगाएका छन् । अहिले गगनले चन्द्रलाई अगाडि सार्न चाहेका छन् । आफूभन्दा सिनियर भएकाले भण्डारीलाई अघि सार्दा राम्रो हुने भएकाले गगनले नयाँ रणनीति लिएका हुन् ।
यद्यपी पार्टीले हारेपछि सबैभन्दा पहिला नेतृत्वको आलोचना गर्दै विशेष महाधिवेशनमा गएर नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाउने पहिलो व्यक्ति थापा नै हुन् । ७ जना युवा नेताहरुले संयुक्त विज्ञप्ती जारी गर्दै तत्काल पार्टीको महासमिति बैठक बोलाउन माग गरेका छन् ।
वीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएको पुस १६ कै दिन पारेर चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा,बद्री पाण्डे र प्रदिप पौडेलले पाँचबुँदे संयुक्त वक्तव्य जारी गरेका हुन् । (साभार : रिपोर्टस नेपाल)
प्रतिक्रिया