पत्नीको उपचार गराएर प्रचण्ड आज न्यूयोर्कबाट प्रचण्ड नेपाल आउँदै
सारांश
- झण्डै एकसाता लामो अमेरिका बसाईपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार न्युयोर्कबाट स्वदेश फर्कदैछन् ।
- पत्नी सिता दाहालको उपचारका क्रममा एकसाता अगाडि प्रचण्ड छोरी गंगा दाहालका साथमा अमेरिका पुगेका हुन् ।
- न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट प्रचण्ड स्वदेश फर्किएका छन् ।
झण्डै एकसाता लामो अमेरिका बसाईपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार न्युयोर्कबाट स्वदेश फर्कदैछन् । पत्नी सिता दाहालको उपचारका क्रममा एकसाता अगाडि प्रचण्ड छोरी गंगा दाहालका साथमा अमेरिका पुगेका हुन् ।
न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट प्रचण्ड स्वदेश फर्किएका छन् । उनी बिहिबार नेपाल आइपुग्दैछन् । अमेरिकाका दुईवटा अस्पतालमा पत्नी सीताको उपचार गरेर औषधी परिवर्तन गरिएको छ । नयाँ औषधी प्रयोगसँगै स्वास्थ्यमा सुधार आएको बुझिएको छ ।
अमेरिका भ्रमणकै क्रममा प्रचण्डले अमेरिकी विदेशमन्त्रालयको मध्य र दक्षिण एसिया मामला प्रमुखसँग समेत भेटवार्ता गरेका थिए । मेरिल्याण्ड राज्य संसदको समेत अवलोकन गरेका उनले अमेरिकामा रहेका नेपाली समुदायका विभिन्न व्यक्तित्वसँग समेत भेटघाट गरे ।
प्रतिक्रिया