महराले यसरी पुराए हिमाली जिल्ला डोल्पामा मोबाइलको टावर

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
५८ पटक हेरिएको
Shares
महराले यसरी पुराए हिमाली जिल्ला डोल्पामा मोबाइलको टावर

सारांश

  • केशरमान बुढाथोकी माघ, १४ ।
  • नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा युवा नेता निर्मल महरा एटमको बिशेष पहलमा देशको हिमाली जिल्ला डोल्पामा मोबाइलको टावर स्थापना हुने भएको छ ।
  • अहिलेसम्म सञ्चार सुबिधा नपुगेको डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका वडा नं ५ र ६ मा अब नेपाल टेलिकमको नमस्ते मोबाइलको फोन सञ्चालन हुनेछ ।

केशरमान बुढाथोकी

माघ, १४ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा युवा नेता निर्मल महरा एटमको बिशेष पहलमा देशको हिमाली जिल्ला डोल्पामा मोबाइलको टावर स्थापना हुने भएको छ । अहिलेसम्म सञ्चार सुबिधा नपुगेको डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका वडा नं ५ र ६ मा अब नेपाल टेलिकमको नमस्ते मोबाइलको फोन सञ्चालन हुनेछ ।

दुर्गम तथा हिमाली जिल्लाका बासिन्दाहरुलाई सञ्चारसँग जोड्नका लागि नेता महराले नेपाल टेलिकमका डाइरेक्टरलाई पटक–पटक भेट गरी टावर स्थापना गर्न दबाब दिएका थिए ।

नेता एटमको पहलपछि टेलिकमले मोबाइल टावर ठूलीभेरी नगरपालिका वडा नं ६ मा पर्ने रिनपुले डाँडामा राख्ने भएको छ । मोबाइल टावर स्थापना गर्ने स्थानको सर्वे गरेर निर्माण सामग्री जहाज चार्टर गरेर डोल्पा पुराइसकिएको छ ।

डोल्पाको अन्य विभिन्न स्थानहरुमा तीन चार वर्षदेखि मोवाइल टावर सञ्चालनमा रहेपनि उक्त दुई वडामा भने अहिलेसम्म पनि मोवाइल सेवा थिएन । मोबाइल सेवा सञ्चालन भएपछि आफन्तसँग फोन सम्पर्क गर्नकै लागि एक दिन हिँडेर सदरमुकाम पुग्नु पर्ने बाध्यता टरेको भन्दै स्थानीयवासीहरुले खुशी ब्यक्त गरेका छन् ।

(Provigil)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
नवराज सिलवालले नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा स्वीकृत
नवराज सिलवालले नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा स्वीकृत
Ankit Tiwari comes out in support of his dad who accused for inappropriately touching Kambli’s wife!
Ankit Tiwari comes out in support of his dad who accused for inappropriately touching Kambli’s wife!
मनाेरञ्जन समाचार : बिक्रान्तसँग छतमा चुम्बन गरिरहेकी भेटिइन् दीपिका
मनाेरञ्जन समाचार : बिक्रान्तसँग छतमा चुम्बन गरिरहेकी भेटिइन् दीपिका
सिनामंगलमा शंकास्पद बस्तु राखेको आरोपमा एक जना पक्राउ
सिनामंगलमा शंकास्पद बस्तु राखेको आरोपमा एक जना पक्राउ
ललितपुर प्रशासनले राष्ट्रिय परिचयपत्र वितरणमा सुरु गर्‍यो ‘टाइम कार्ड’
ललितपुर प्रशासनले राष्ट्रिय परिचयपत्र वितरणमा सुरु गर्‍यो ‘टाइम कार्ड’
लोकतन्त्र दिवस :मुलुकले के पायाे के गुमायाे ?
लोकतन्त्र दिवस :मुलुकले के पायाे के गुमायाे ?
अपिनाम्पामा पर्यटक आगमनमा कमी
अपिनाम्पामा पर्यटक आगमनमा कमी
संसदको पहिलो वैठकमा नेताहरुले उठाए आर्थिक र विकासका मुद्दा
संसदको पहिलो वैठकमा नेताहरुले उठाए आर्थिक र विकासका मुद्दा
ल्होसार गुथुक साँझको तयारी पुरा, साम्दे शेर्पा पुररस्कारबाट पुरस्कृत हुँदैछन् यी ३ श्रष्टा
ल्होसार गुथुक साँझको तयारी पुरा, साम्दे शेर्पा पुररस्कारबाट पुरस्कृत हुँदैछन् यी ३ श्रष्टा