प्रदेश प्रमुखलाई सुरक्षाकर्मीको चिन्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • ‘बाबुहरु १ मलाई खासै सुरक्षा थ्रेट पनि छैन, बरु भोलि विहानै आए हुन्छ, अहिले आफ्नो घर जानुहोस् ।
  • ’ प्रदेश ६ प्रमुख नेपाली दुर्गाकेशर खनालले आफ्नो सुरक्षार्थ खटिएका नेपाली सेनाका सुरक्षाकर्मीलाई एक साताअघि भनेको वाक्यांश हो यो ।
  • यसो भन्नुमा उनको बाध्यता थियो ।

‘बाबुहरु १ मलाई खासै सुरक्षा थ्रेट पनि छैन, बरु भोलि विहानै आए हुन्छ, अहिले आफ्नो घर जानुहोस् ।’

प्रदेश ६ प्रमुख नेपाली दुर्गाकेशर खनालले आफ्नो सुरक्षार्थ खटिएका नेपाली सेनाका सुरक्षाकर्मीलाई एक साताअघि भनेको वाक्यांश हो यो ।

यसो भन्नुमा उनको बाध्यता थियो । कठ्यांग्रिदो चिसो अनि निवासमा सुरक्षाकर्मीका लागि बस्ने ठाउँ नभएको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

‘मलाई त केहि छैन, विचार यी बाबुहरु (सेना)लाई अहिले पनि उस्तै समस्या छु, मंगलबार खनालले सञ्चारमाध्यमसामु मुख खोले, सरकारका तर्फबाट केहि पनि व्यवस्थापन भएको छैन ।

मर्यादाक्रममा प्रदेशको पहिलो नम्बरमा रहने प्रदेश प्रमुख नियुक्त गरे पनि सरकारले उनको निवास तथा कार्यालय व्यवस्थापनमा भने बेवास्ता गरेको छ । सुरक्षाका लागि नेपाली सेनाको १३ जनाको डफ्फा खटाएको छ । तर, सरकारी निवासको व्यवस्था नहुँदा सुरक्षाकर्मी नै उनका लागि सकस भैरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?