पेस्तोल/खुकुरी देखाई लुटपाट गर्ने ४ जना ‘डाँका’ पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२७ पटक हेरिएको
Shares
पेस्तोल/खुकुरी देखाई लुटपाट गर्ने ४ जना ‘डाँका’ पक्राउ

सारांश

  • काठमाडौं, माघ १७ ।
  • भक्तपुर सुर्यबिनायकको गणेशचोकस्थित मनोहर बस्नेतको घरमा डेरा गरी बस्ने रामबहादुर तामाङको कोठामा प्रवेश गरी पेस्तोल/खुकुरी देखाई लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
  • बोले कराएमा ज्यान मार्ने धम्की दिँदै परिवारलाई नै हातखुट्टामा डोरीले बाँधेर कोठामा भएका नगद तथा सुनका गरगहना र मोवाईल लुट्ने गिरोहलाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो ।

काठमाडौं, माघ १७ । भक्तपुर सुर्यबिनायकको गणेशचोकस्थित मनोहर बस्नेतको घरमा डेरा गरी बस्ने रामबहादुर तामाङको कोठामा प्रवेश गरी पेस्तोल/खुकुरी देखाई लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

बोले कराएमा ज्यान मार्ने धम्की दिँदै परिवारलाई नै हातखुट्टामा डोरीले बाँधेर कोठामा भएका नगद तथा सुनका गरगहना र मोवाईल लुट्ने गिरोहलाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अन्दाजी १६,०७,९०० रुपैयाँ बराबरको धनमाल डाँका गरी धनमालसहित भोजबहादुर थापा मगर, मिलन भन्ने रत्न बहादुर तामाङ, विष्णु भन्ने अमृत गुरुङ र सानुकान्दा व्लोनलाई पक्राउ गरिएको हो ।

घटनामा अन्य व्यक्तिहरु संलग्न रहेको तर फरार भएकाले उनहिरको खोजी कार्य भईरहेको महाशाखाले जनाएको दिएको छ ।

पक्राउ परेकाहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी डाँका चोरी मुद्दामा आवश्यक कानूनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।

यसभन्दा अगाडी पनि विभिन्न डाँका तथा चोरी केशमा संलग्न रहँदै आएको उनीहरु अन्तिम पटक मिति २०७४ सालको गणतन्त्र दिवसको उपलक्ष्यमा जेलबाट छुटेका थिए ।

अनुसनधानबाट खुलेका कुराहरू :–
१.घटना गर्ने दिन साँझ ८ बजे भक्तपुर जगातेमा घटनामा संलग्न रहेका ८ जना पिडितको घर नजिकै बसेर खाजा खाएर डाँका गर्ने घरको निगरानी गरेको ।

२.राती ९ः०० बजे पिडितको घर नजिक गणेश चोकस्थित खेत किनारामा बसी घरका सबै मानिस नसुतुन्जेलसम्म निगरानी गरेको ।

३.राती २ः०० बजेको समयमा घरमा प्रवेश गरी सबै परिवारलाई नियन्त्रणमा लिई पेस्तोल, खुकुरी देखाई परिवारलाई नियन्त्रणमा राखेर नदग तथा सुनका गरगहना र मोवाईल समेत डाँका गरि लगेको ।

४.साथै निजहरुले घर कम्पाण्डमा पार्किङ गरेको बा८५प ७८५० नम्बरको मोटरसाइकल समेत लगेको ।

५. घटनापश्चात निजहरु मोटरसाइकलमा जानेहरु र पैदल हिँड्नेहरु बौद्द र जोरपाटीबो बचिमा भेट भएर नगद भागबण्डा गरेको ।

६.डाका गरेका सुनका गरगहना डाँका घटनामा संलग्न बिण्णु भन्ने अमृत तामाङले मुर्तीको काम गर्ने सानु कान्छा तामाङलाई २ लाख ९० हजारमा बिक्री गरेको ।

पक्राउ पर्ने व्यक्तिहरु :–
१. नाम भोज बहादुर थापा मगर
उमेर ४० वर्ष
ठेगाना जिल्ला रामेछाप दोरम्बा गा.पा. वडा नं. –४

२. नाम मिलन भन्ने रत्न बहादुर तामाङ
उमेर ४० बर्ष
ठेगाना जिल्ला सिन्धुली मरिन गा.पा. वडा नं. –८

३. नाम बिष्णु भन्ने अमृत तामाङ
उमेर २६ बर्ष
ठेगाना जिल्ल काभ्रे धुलिखेल न.पा. वडा नं.–१

४. नाम सानुकान्छा ब्लोन
उमेर २७ बर्ष
ठेगाना जिल्ला काभ्रे धुलिखेल न.पा. वडा नं.–१०

फरार रहेका व्यक्तिहरुः–
१. नाम टोकल भन्ने रोहित बहादुर थापामगर
उमेर २६ वर्ष
ठेगाना जिल्ला रामेछाप दोरम्बा गा.पा. वडा नं.–४

२. नाम वाईबा भन्ने दिर्घ बहादुर तामाङ
उमेर अन्दाजी २२/२३ वर्ष
ठेगाना जिल्ला सि.पा. मेलाम्ची

३. नाम बिनोद तामाङ
उमेर अन्दाजी ४२/४३ वर्ष
ठेगाना जिल्ला सिन्धुपाल्चोक हाल ललितपुर भैसेपाटी

बरामद भएका सामानहरुः–
१. पगालेको सुनको डिक्का ६ तोला आधा ।
२. नोकिया मोबाईल १ थान
३. बा८३प ३७७३ रातो मोटरसाइकल १ थान ।
४. पिडितको घरबाट उठाएको सुप्रिम लेखिएको ज्याकेट १ थान ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालका धनाड्यहरूले कति दिन्छन् देउसि-भैलाे खेल्न अाउनेलाइ दक्षिणा ?
नेपालका धनाड्यहरूले कति दिन्छन् देउसि-भैलाे खेल्न अाउनेलाइ दक्षिणा ?
नेपालले भारत ‘ए’लाई जितका लागि एक सय ६८ रनको लक्ष्य दियो
नेपालले भारत ‘ए’लाई जितका लागि एक सय ६८ रनको लक्ष्य दियो
एएफसी कपको समूह चरणको खेलमा मनाङ मर्स्याङ्दी क्लबले ढाका अबहानीको सामना गर्दै
एएफसी कपको समूह चरणको खेलमा मनाङ मर्स्याङ्दी क्लबले ढाका अबहानीको सामना गर्दै
अपडेट: सल्यानमा बस खोलामा खस्यो, चारको मृत्यु, दुईको सनाखत
अपडेट: सल्यानमा बस खोलामा खस्यो, चारको मृत्यु, दुईको सनाखत
श्रीलंकामा तीस सदस्यीय मन्त्रीपरिषद् गठन
श्रीलंकामा तीस सदस्यीय मन्त्रीपरिषद् गठन
बोआओ सम्मेलनमा निमन्त्रणा नेपालले नपाएपछि परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन जाँदै
बोआओ सम्मेलनमा निमन्त्रणा नेपालले नपाएपछि परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन जाँदै
विद्यालय भवन बनाउने सम्झौता
विद्यालय भवन बनाउने सम्झौता
यौन हिंसामा परेकी युवतीलाई गाउँ फर्किन समस्या
यौन हिंसामा परेकी युवतीलाई गाउँ फर्किन समस्या
‘नाङ्गो गाउँ’ मा राजनीति
‘नाङ्गो गाउँ’ मा राजनीति
परेको म ब्यहोर्छु, ओली र प्रचण्डको भर परे सखाप हुन्छ भन्दै यसरी नाचे बामदेव
परेको म ब्यहोर्छु, ओली र प्रचण्डको भर परे सखाप हुन्छ भन्दै यसरी नाचे बामदेव

तपाईंले छुटाउनुभयो कि?