आर्थिक बर्षको बजेट ल्याँउन निर्वाचन आयोगले बाटो खोल्दियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०७४
|
|
४४७ पटक हेरिएको
Shares
आर्थिक बर्षको बजेट ल्याँउन निर्वाचन आयोगले बाटो खोल्दियो

सारांश

  • सरकारलाई जेठ १५ मा नयाँ आर्थिक बर्षको बजेट ल्याँउन निर्वाचन आयोगले बाटो खोलेको छ ।
  • दुई चरणमा गरिने स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले संबैधानिक प्रावधान अनुसार जेठ १५ मा बजेट ल्याँउनुपर्ने ब्यवस्था भएकोले निर्वाचन आचारसंहिता नलाग्ने स्पष्ट पारेका छन् ।
  • जेठ ३१ गते ४ वटा प्रदेशमा स्थानीय तहको निर्वाचन गर्ने भएपछि निर्वाचन आचारसंहिताका कारण बजेट रोकिन सक्ने बताईएपनि आयोगले त्यसलाई खुला गरेको छ ।

सरकारलाई जेठ १५ मा नयाँ आर्थिक बर्षको बजेट ल्याँउन निर्वाचन आयोगले बाटो खोलेको छ ।

दुई चरणमा गरिने स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले संबैधानिक प्रावधान अनुसार जेठ १५ मा बजेट ल्याँउनुपर्ने ब्यवस्था भएकोले निर्वाचन आचारसंहिता नलाग्ने स्पष्ट पारेका छन् ।

जेठ ३१ गते ४ वटा प्रदेशमा स्थानीय तहको निर्वाचन गर्ने भएपछि निर्वाचन आचारसंहिताका कारण बजेट रोकिन सक्ने बताईएपनि आयोगले त्यसलाई खुला गरेको छ ।

आयोगले निर्वाचन तथा मतदाता प्रभावित हुने खालका नीति तथा कार्यक्रम ल्याँउन भने नहुने बताएको छ ।
प्रमुख आयुक्त यादवले भने–‘जेठ १५ मा बजेट ल्याँउनुपर्ने संबैधानिक बाध्यता छ, यो नियमित कार्यक्रम पनि हो, राष्ट्र र जनतासँग सम्बन्धित विकास निमार्णसँग सम्बिन्धित छ, तर मतदाता र निर्वाचन प्रभावित हुने छ भने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि सरकारले आयोगलाई देखाँउनुपर्छ ।’

प्रमुख आयुक्त यादवले बजेट कार्यक्रम जेठ ३१ पछि असारमा बजेट कार्यक्रम ल्याँउन प्रधानमन्त्रीलाई आजै आग्रह गरेको समेत जानकारी दिए । उनले मिलेसम्म संविधान संसोधन गरेर भएपनि नीति तथा कार्यक्रम सार्न आग्रह गरेको बताए ।

संबैधानिक प्रावधान र नियमित कार्यक्रम भएकोले आयोगले बजेट ल्याँउने कुरामा कडाई नगर्ने संकेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?