प्रियंका, दिपिका, करीना र कटरिनाको विहे हेर्नेको लस्कर !

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
२४ पटक हेरिएको
Shares
प्रियंका, दिपिका, करीना र कटरिनाको विहे हेर्नेको लस्कर !

सारांश

  • भारतको उत्तराखण्डस्थित एक गाउँमा बाख्राको स्वयंवर तथा बिहे सम्पन्न भएको छ ।
  • उत्तराखण्डको टिहरी जिल्लास्थित पतवाडी गाउँमा बाख्राको बिहे भएको हो ।
  • उक्त स्वयंवर समारोहमा सोही गाउँ तथा आसपासका विभिन्न गाउँका बाख्राहरुलाई पनि ल्याइएको थियो ।

भारतको उत्तराखण्डस्थित एक गाउँमा बाख्राको स्वयंवर तथा बिहे सम्पन्न भएको छ । उत्तराखण्डको टिहरी जिल्लास्थित पतवाडी गाउँमा बाख्राको बिहे भएको हो । उक्त स्वयंवर समारोहमा सोही गाउँ तथा आसपासका विभिन्न गाउँका बाख्राहरुलाई पनि ल्याइएको थियो । बाख्राहरुलाई राम्रा राम्रा पहिरनमा सजाएर स्वयंवर गराइएको थियो । बाख्राको नाम पनि दिपिका, प्रियंका, करीना, कंगना, श्रद्धा तथा कटरिनाजस्ता हिरोइनको नामबाट राखिएको थियो ।

त्यहाँ दिपिकाले आफ्नो जिवनसाथीको रुपमा वैशाखू नामको बोका प्राप्त गरेकी थिइ । त्यस्तै बाख्रा विह् समारोहमा प्रियंका र टुकनु तथा कटरिना र चन्दूबीच बिहे भयो । बाख्रा ग्राम र ग्रिन पिपुल किसान विकास समितिले उक्त बाख्रा बिहे कार्यक्रमको आयोजना गरेका हुन् । उक्त समारोहमा ल्याइएका बाख्रा तथा बोकाहरुलाई एकसाथ छाडिएको थियो । त्यसक्रममा जुन बाख्रा र बोकाबीच सम्बन्ध कायम भएर नजिक हुन्थे, ती दुईबीच बिहे गराइन्थ्यो । बिहे हिन्दु परम्परा अनुसार धुमधामसँग् भयो । भारतमा यो पहिलो स्वयंभर भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?