सरकारले सहिद घोषणा गरेपछि बाबुरामले सोधे, “जनयुद्ध”का कमाण्डर प्रचण्ड के भन्नुहुन्छ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०७४
|
|
१८ पटक हेरिएको
Shares
सरकारले सहिद घोषणा गरेपछि बाबुरामले सोधे, “जनयुद्ध”का कमाण्डर प्रचण्ड के भन्नुहुन्छ?

सारांश

  • काठमाडौं, २३ माघ – शेरबहादुर देउवा नेतृत्वको सरकारले धमाधम सहिद घोषणा गरेपछि नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई आक्रोश व्यक्त गर्दै प्रचण्डलाई प्रश्न गरेका छन् ।
  • यदि तत्कालीन “जनयुद्ध” का कमाण्डरको हैसियतले प्रचण्डले जिम्मा नलिएमा आफूले लिने दाबी समेत गरेका छन् ।
  • सरकारले सोमबार मन्त्रिपरिषद् वैठक बसी सशस्त्र द्वन्दकालमा मारिएका सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।

काठमाडौं, २३ माघ – शेरबहादुर देउवा नेतृत्वको सरकारले धमाधम सहिद घोषणा गरेपछि नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई आक्रोश व्यक्त गर्दै प्रचण्डलाई प्रश्न गरेका छन् । यदि तत्कालीन “जनयुद्ध” का कमाण्डरको हैसियतले प्रचण्डले जिम्मा नलिएमा आफूले लिने दाबी समेत गरेका छन् ।

सरकारले सोमबार मन्त्रिपरिषद् वैठक बसी सशस्त्र द्वन्दकालमा मारिएका सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।

भट्टराईले ट्विटरमा लेखेका छन्, ‘सरकारले धमाधम शान्ति सम्झौता विपरित सत्य निरुपण र बेपत्ता आयोगहरुको काम नसकिँदै विद्रोही पक्षबाट मारिएकाहरुलाई मात्र सहिद घोषणा गर्ने काम गरिरहेको छ । त्यसबारे जनयुद्धका कमाण्डर प्रचण्ड के भन्नुहुन्छ ? अन्यथा क्रान्तिकारी जनपरिषद्को प्रमुखको हैसियतले मैले जिम्मेवारी लिनुपर्ने हुन्छ !’

तर, सरकारले कति जनालाई र कस कसलाई सहिद घोषणा गर्यो भन्ने बारेमा स्पष्ट जानकारी गराइसकेको छैन । सरकारले नितिगत निर्णय गरे पनि द्धन्दकालमा मारिएका राष्ट्रसेवकको संख्या एकीन पनि नभएको सरकारका प्रवक्ता मन्त्री मोहन बस्नेतले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?