घोराही उपमहानगरका २ सय ६५ जेष्ठ नागरिकलाई परिचयपत्र

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०७४
|
|
३१ पटक हेरिएको
Shares
घोराही उपमहानगरका २ सय ६५ जेष्ठ नागरिकलाई परिचयपत्र

सारांश

  • दाङ, २३ माघ ।
  • घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले साढे २ सय बढी जेष्ठ नागरिकहरुलाई परिचय पत्र बितरण गरेको छ ।
  • वडा कार्यालयबाटै २ सय ६५ जना जेष्ठ नागरिकहरुलाई परिचयपत्र वितरण गरिएको वडा अध्यक्ष लछिनप्रसाद बुढामगरले जानकारी दिए ।

दाङ, २३ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले साढे २ सय बढी जेष्ठ नागरिकहरुलाई परिचय पत्र बितरण गरेको छ । वडा कार्यालयबाटै २ सय ६५ जना जेष्ठ नागरिकहरुलाई परिचयपत्र वितरण गरिएको वडा अध्यक्ष लछिनप्रसाद बुढामगरले जानकारी दिए ।

दुई दिनसम्म वडा कार्यालयबाट परिचयपत्र प्रदान गरिएको र अन्य छुटेका जेष्ठ नागरिकहरुलाई पनि छिट्टै परिचयपत्र वितरण गरिने उनको भनाई छ । ६० बर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई उपमहानगरले परिचयपत्र वितरण गर्दै आएको छ ।

जेष्ठ नागरिकहरुको विवरण संकलन गरी थप व्यक्तिहरुलाई पनि परिचयपत्र वितरण गर्ने योजना रहेको अध्यक्ष बुढामगरले बताए । साथै यसअघि महिला तथा बालबालिका कार्यालयबाट मात्रै बितरण हुँदै आएको जेष्ठ नागरिक परिचयपत्रहरु अब घोराही उपमहानगरबाटै प्रदान गरिएको छ ।

परिचयपत्रका आधारमा जेष्ठ नागरिकहरुले उपचार खर्च र यातायात खर्चमा छुटका साथै सार्वजनिक सेवा लिनका लागि लाइनमा बस्नु नपर्ने सरकारले व्यवस्था गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?