अध्यक्ष प्रचण्डले किन गरे अमेरिकी राजदूतको प्रशंसा ?
सारांश
- काठमाडौं, ४ साउन ।
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिजले शुक्रबार बिहान खुमलटारमा भेट गरेका छन् ।
- आफ्नो कार्यकाल सकाउन लागेकी टेप्लिजले अध्यक्ष प्रचण्डसँग बिदाई भेट गरेकी हुन् ।
काठमाडौं, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिजले शुक्रबार बिहान खुमलटारमा भेट गरेका छन् । आफ्नो कार्यकाल सकाउन लागेकी टेप्लिजले अध्यक्ष प्रचण्डसँग बिदाई भेट गरेकी हुन् ।
अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजलाई भने, “तपाईको कार्यकाल सफल भएको छ । नेपालको विकास र प्रगतिमा तपाईले खेलेको भूमिका सकारात्मक रह्यो ।” अध्यक्षले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायित्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको बताए ।
अध्यक्ष प्रचण्डले नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको आगामी दिनमा पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गरेका थिए । नेपालको शान्ति प्रक्रिया विश्वका लागि मोडल भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।
राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रिया लगायतका ठूला ठूला चुनौतिहरुमा नेतृत्वदायी भूमिका खेलेकोमा अध्यक्ष प्रचण्डको प्रशंसा गरेका थिए । उनले नेपाल सुन्दर भएको बताउँदै राजनीतिक स्थिरतापछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएको उल्लेख गरे ।
प्रतिक्रिया