शेर्पाले एन्फा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
शेर्पाले एन्फा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै

सारांश

  • काठमाडौं, माघ २७ ।
  • अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व–उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि एन्फाको केन्द्रिय चुनावमा अध्यक्ष पदका लागि शनिबार उम्मेदवारी दर्ता गराउने भएका छन् ।
  • चर्चित नेपाली फुटबल क्लब हिमालयन शेर्पा क्लबको अध्यक्ष समेत रहेका शेर्पालाई विभिन्न जिल्ला फुटबल संघ र क्लबहरुको समर्थन रहेको छ ।

काठमाडौं, माघ २७ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व–उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि एन्फाको केन्द्रिय चुनावमा अध्यक्ष पदका लागि शनिबार उम्मेदवारी दर्ता गराउने भएका छन् ।

चर्चित नेपाली फुटबल क्लब हिमालयन शेर्पा क्लबको अध्यक्ष समेत रहेका शेर्पालाई विभिन्न जिल्ला फुटबल संघ र क्लबहरुको समर्थन रहेको छ । शेर्पा गत बर्षको केन्द्रिय चुनावमा वर्तमान एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठसँग झिनो मतका आधारमा पराजित भएका थिए ।

आगामी चैत १४ गते हुने एन्फाको केन्द्रिय चुनावमा अध्यक्ष पदका लागि एन्फाका पूर्व प्रमुख कार्यकारी इन्द्रमान तुलाधर तथा प्रशिक्षक कृष्ण थापाले आफ्नो उम्मेदवारीको घोषणा गरिसकेका छन् ।

त्यस्तै वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष मणि कुँवरले पनि केन्द्रिय अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्ने बताइएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Thapachhabiraj Thapa

    We should be support him

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?