आयल निगमले बढायो ग्यासको मूल्यमा रु २५ रूपियाँ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १९, २०७३
|
|
१७८ पटक हेरिएको
Shares
आयल निगमले बढायो ग्यासको मूल्यमा रु २५ रूपियाँ

सारांश

  • खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु २५ वृद्धि भएको छ ।
  • आज राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य बढेर अबदेखि प्रतिसिलिन्डर रु एक हजार तीन सय ५० पुगेको नेपाल आयल निगमका प्रवक्ता भानुभक्त खनालले राससलाई जानकारी दिनुभयो ।
  • “यसभन्दा अघि पनि ७८ रूपियाँ २४ पैसा प्रतिसिलिन्डर घाटा थियो र अहिले फेरि २५ रूपियाँ बढाउँदा पनि एक सय ६२ रूपियाँ ९१ पैसा प्रतिसिलिन्डरमा घाटा हुनेछ, समग्रमा आयल निगम अब पछिल्लो १५ दिनमा २३ करोड ९३ लाख रूपियाँ घाटामा हुनेछ”,उहाँले भन्नुभयो ।

खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु २५ वृद्धि भएको छ ।
आज राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य बढेर अबदेखि प्रतिसिलिन्डर रु एक हजार तीन सय ५० पुगेको नेपाल आयल निगमका प्रवक्ता भानुभक्त खनालले राससलाई जानकारी दिनुभयो ।
“यसभन्दा अघि पनि ७८ रूपियाँ २४ पैसा प्रतिसिलिन्डर घाटा थियो र अहिले फेरि २५ रूपियाँ बढाउँदा पनि एक सय ६२ रूपियाँ ९१ पैसा प्रतिसिलिन्डरमा घाटा हुनेछ, समग्रमा आयल निगम अब पछिल्लो १५ दिनमा २३ करोड ९३ लाख रूपियाँ घाटामा हुनेछ”,उहाँले भन्नुभयो । इन्डियन आयल कर्पोरेसनबाट नै मूल्य बढेर आएपछि यहाँ पनि मूल्य वृद्धि गर्नुपरेको उहाँको भनाइ छ ।
यसभन्दा अघि प्रतिसिलिन्डर रु एक हजार तीन सय २५ मूल्य निर्धारण गरिएको थियो । पेट्रोल र डिजेलमा भने मूल्य यथावत् रहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?