केपी ओली : सुकुम्बासी जीवनदेखि मुलुककै शक्तिसाली व्यक्तिसम्म

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
१८ पटक हेरिएको
Shares
केपी ओली : सुकुम्बासी जीवनदेखि मुलुककै शक्तिसाली व्यक्तिसम्म

सारांश

  • २००८ फागुन ११ मा बुबा मोहनप्रसाद र आमा मधु ओलीको कोखबाट तेह्रथुमको इवा गाविस–२ तीनसल्लेमा जन्मिएका खड्गप्रसाद ओली अर्थात परिचित नाम केपी शर्मा ओली दोस्रो पटक ४१ औ प्रधानमन्त्री बनेका छन् ।
  • तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालयबाट पढाइ सुरु गरेका ओलीको परिवार २०२२ बसाइसराइ गरी झापा झरेको थिए ।
  • झापा सुरुङ्गाको कन्काइ नदी किनारमा बसोबास गर्ने ओलीको परिवार निकै गरिब थियो ।

२००८ फागुन ११ मा बुबा मोहनप्रसाद र आमा मधु ओलीको कोखबाट तेह्रथुमको इवा गाविस–२ तीनसल्लेमा जन्मिएका खड्गप्रसाद ओली अर्थात परिचित नाम केपी शर्मा ओली दोस्रो पटक ४१ औ प्रधानमन्त्री बनेका छन् । तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालयबाट पढाइ सुरु गरेका ओलीको परिवार २०२२ बसाइसराइ गरी झापा झरेको थिए । झापा सुरुङ्गाको कन्काइ नदी किनारमा बसोबास गर्ने ओलीको परिवार निकै गरिब थियो । डेढवर्षकै उमेरमा ओलीले आमा गुमाउनुप¥यो । सानो छँदा कन्काईमा आएको बाढीले घर जग्गा सबै बगायो । त्यसपछि उनले सुकुम्बासी जिवन बिताउनु प¥यो ।

हजुरबा र हजुरआमाले ओलीलाई हुर्काएर पढाएका थिए । पढाईको सिलसिलामा झापा आन्दोलनका सहिद रामनाथ दाहालसँग ओलीको भेट भयो । दाहालले नै ओलीलाई आफ्नै घरमा राखेर पढाए । दाहालकै प्रेरणाले ओलीले राजनीति सुरु गरेका हुन् । एसएलसीपछि ओलीले गाउँकै प्राथमिक विद्यालयमा पढाए । २०२३ सालदेखि नै राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएसँगै भूमिगत भएका थिए । पञ्चायती शासन बिरोधी आन्दोलनको क्रममा २०२७ सालमा पक्राउ परेर ओली १४ बर्ष जेलमा बसे ।

२०२९ साथलमा उनी झापा आन्दोलन कमिटीको प्रमुख बने । २०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा ओली झापा ६ बाट निर्वाचित भए । २०६४ मा भने संविधानसभा चुनावमा झापा ७ बाट उनी पराजित भए । २०७० मा दोस्रो संविधानसभा चुनावमा विजयी भएर २०७१ साउन १ मा पार्टी अध्यक्षमा निर्वाचित भएका ओली २०७२ असोज २४ मा पहिलो पटक प्रधानमन्त्री बने । माओवादी समर्थनमा प्रधानमन्त्री भएका ओली माओवादीले नै महाअभियोग दर्ता गराएपछि २०७३ साउन ९ मा राजीनामा दिएका थिए ।

ओली प्रष्ट बोल्ने र अडान राख्ने नेताको रुपमा परिचित छन् । उखानटुक्का प्रयोग गरेर व्यंग्य वाण हान्न खप्पिस ओली पछिल्लो समय एकीकृत माओवादीप्रति धेरै आक्रामक देखिन्थ्ये । तर, २०७४ असोज १७ मा एमाले र माओवादीका बीचमा भएको बाम गठबन्धनले आफू नेतृत्वको एमाले पहिलो पार्टी बनाएका छन् र माओवादीकै समर्थनमा दोस्रो पटक प्रधानमन्त्री बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?