स्थानीय तह निर्वाचनमा प्रमुख तीनै दलकै जितको खाता खुल्यो !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०७४
|
|
३५६४ पटक हेरिएको
Shares
स्थानीय तह निर्वाचनमा प्रमुख तीनै दलकै जितको खाता खुल्यो !

सारांश

  • काठमाडौं,बैशाख १९ – स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितको खाता खोलेको छ ।
  • हिमाली जिल्ला मनाङको नार फू गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिएकाछन ।
  • नार फू गाउँपालिकामा मिङमर छिरिङ लामा निर्बिरोध निर्वाचित भएका हुन ।

काठमाडौं,बैशाख १९ – स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । हिमाली जिल्ला मनाङको नार फू गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिएकाछन । नार फू गाउँपालिकामा मिङमर छिरिङ लामा निर्बिरोध निर्वाचित भएका हुन । कुल ३ वडा रहेको नार फू गाउँपालिकामा प्रमुख पदका लागि कुनैपनि दोहोरो उमेदवारी नपरेकोले लामा स्वतः निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
यसैबीच म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामको वडाअध्यक्षमा नेपाली काँग्रेसका एकबहादुर गर्बुजा निर्विरोध निर्वाचित भएका छन् । मंगलबार भएको मनोनयन दर्तामा वडा ४ को वडाअध्यक्षमा गर्बुजाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध अध्यक्ष भएका हुन् ।
यस्तै मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं ९ मुर्मा (रारा ताल नजिकको रारा ताल भएको वडा) मा नेकपा (माओवादी केन्द्र)का वडाध्यक्षका उम्मेदवार मणिचन्द्र रोकाय निर्विरोध निर्वाचित भएका छन् । ६ नंम्बर प्रदेशले वडाध्यक्षमा खाता खोलेको छ । स्थानीय तहको पहिलो वडाध्यक्षलाई बधाई तथा सफल कार्यकालको शुभकामना ।

एमालेले मण्डन देउपुर नगरपालिकाबाट खाता खोलेको छ । काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नम्बर २ मा एमाले उम्मेदवार नारायणी दमाई निर्विरोध चयन भएकी छन् । २ नम्बर वडामा अन्य पार्टीको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएकी हुन् ।

दलित समुदायकी नारायणी निर्विरोध भएपछि एमालेजनले ‘संविधानको उपहार, दलित समुदायमा बहार’ नारा लगाउँदै उनको प्रशंसा गरेका छन् ।

सिन्धुपाल्चोकमा पनि विजयी सुरुवात

यसैबीच सिन्धुपाल्चोक जिल्लामा पनि एमालेले विजय सुरुआत गरेको खबर प्राप्त भएको छ । स्थानीय नेताका अनुसार सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ४ नम्बर वडा सदस्यमा कृष्णा कुमारी नेपाली र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १२ नम्बर वडा सदस्यमा गीता सोनाम निर्बिरोध निर्बाचित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलंकामा तीस सदस्यीय मन्त्रीपरिषद् गठन
श्रीलंकामा तीस सदस्यीय मन्त्रीपरिषद् गठन
प्रस्तावित प्रधानन्यायाधीशलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिए यस्तो सुझाव
प्रस्तावित प्रधानन्यायाधीशलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिए यस्तो सुझाव
ओली सरकारको १० महिने उपलब्धिमुलक काम ।
ओली सरकारको १० महिने उपलब्धिमुलक काम ।
संविधान संशोधन विधेयक पारितपछि भारतले भन्योः वार्ता गर्ने सझदारी उल्लंघन भयो
संविधान संशोधन विधेयक पारितपछि भारतले भन्योः वार्ता गर्ने सझदारी उल्लंघन भयो
दार्चुलामा जिप दुर्घटना : ६ जनाकाे मृत्यु, सात घाइते
दार्चुलामा जिप दुर्घटना : ६ जनाकाे मृत्यु, सात घाइते
बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ सार्वजनिक हुँदै
बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ सार्वजनिक हुँदै
‘नोट छाप्दाको भ्रष्टाचार लुकाउन पत्रकारलाई थाइल्याण्ड र अष्ट्रेलिया लगेको’ : अख्तियार
‘नोट छाप्दाको भ्रष्टाचार लुकाउन पत्रकारलाई थाइल्याण्ड र अष्ट्रेलिया लगेको’ : अख्तियार
प्रधानमन्त्री ओलीको प्राथमिकतामा पानीजहाज र रेलमार्ग
प्रधानमन्त्री ओलीको प्राथमिकतामा पानीजहाज र रेलमार्ग
राष्ट्रियसभा बैठक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा बैठक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने राप्रपाको निर्णय
सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने राप्रपाको निर्णय

तपाईंले छुटाउनुभयो कि?