मलामी विश्रामस्थल निर्मित
सारांश
- चितवन, १३ फागुन ,प्रमुख सेनानी सुरेन्द्र सापकोटा र उहाँकी धर्मपत्नी लक्ष्मीले देवघाटमा मलामी विश्रामस्थल निर्माण गर्नुभएको छ ।
- भरतपुरस्थित दी फेमस महेन्द्र दल गणका गणपति सापकोटाले आफ्ना मातापिताका नाममा रहेको दिलबहादुर–जसुदा फाउण्डेशनबाट निजी खर्चमा बनाएको विश्रामस्थल आज उद्घाटन गरिएको छ ।
- सो अवसरमा प्रमुख सेनानी सापकोटाले मलामी आएका व्यक्ति पानी पर्दा र चर्काे घाम लाग्दा ओत लाग्न कठिन भएको देखेपछि विश्रामस्थल निर्माण गरिएको बताउनुभयो ।
चितवन, १३ फागुन ,प्रमुख सेनानी सुरेन्द्र सापकोटा र उहाँकी धर्मपत्नी लक्ष्मीले देवघाटमा मलामी विश्रामस्थल निर्माण गर्नुभएको छ ।
भरतपुरस्थित दी फेमस महेन्द्र दल गणका गणपति सापकोटाले आफ्ना मातापिताका नाममा रहेको दिलबहादुर–जसुदा फाउण्डेशनबाट निजी खर्चमा बनाएको विश्रामस्थल आज उद्घाटन गरिएको छ । सो अवसरमा प्रमुख सेनानी सापकोटाले मलामी आएका व्यक्ति पानी पर्दा र चर्काे घाम लाग्दा ओत लाग्न कठिन भएको देखेपछि विश्रामस्थल निर्माण गरिएको बताउनुभयो ।
रु चार लाख खर्च गरेर एक महिनामा सिमेन्टको पिलर र टिनको ट्रसबाट बनाइएको विश्रामस्थलमा करीब १०० मलामी बस्न मिल्छ । देवघाट क्षेत्र विकास समितिको गुरुयोजनाअन्तर्गत थप व्यवस्थित गर्नुपरेमा आवश्यक काम फाउण्डेशनका तर्फबाट गरिने उहाँले बताउनुभयो । फाउण्डेशन तनहुँको दमौलीमा स्थापना गरिएको हो ।
देवघाटमा चितवनसहित छिमेकी जिल्लाबाट शव दहनका लागि ल्याइन्छ । देवघाटमा व्यापार व्यवसाय गर्दै आउनुभएका समाजसेवी रत्नलाल शर्मा कँडेलले एक दिनमा करीब ३५ शव दहनका लागि ल्याइने गरेको बताउनुभयो ।
प्रतिक्रिया