थरीथरी भाषामा सपथ लिने तयारीमा सांसदहरु, हिन्दी पनि आइपुग्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १९, २०७४
|
१४
|
२६ पटक हेरिएको
Shares
थरीथरी भाषामा सपथ लिने तयारीमा सांसदहरु, हिन्दी पनि आइपुग्यो

सारांश

  • काठमाडौं, १९ फागुन – प्रतिनिधिसभाका ३६ र राष्ट्रिय सभाका ६ गरी ४२ जना सांसदले नेपालीबाहेक विभिन्न मातृभाषामा शपथ लिने भएका छन् ।
  • संसद् सचिवालयले नेपालीबाहेकका भाषामा शपथ लिने सांसदलाई निवेदन दिन शुक्रबारसम्मको समय तोकेको थियो ।
  • नेपाली भाषामा शपथ लिनेले भने निवेदन दिनु नपर्ने व्यवस्था छ ।

काठमाडौं, १९ फागुन – प्रतिनिधिसभाका ३६ र राष्ट्रिय सभाका ६ गरी ४२ जना सांसदले नेपालीबाहेक विभिन्न मातृभाषामा शपथ लिने भएका छन् । संसद् सचिवालयले नेपालीबाहेकका भाषामा शपथ लिने सांसदलाई निवेदन दिन शुक्रबारसम्मको समय तोकेको थियो । नेपाली भाषामा शपथ लिनेले भने निवेदन दिनु नपर्ने व्यवस्था छ । तोकिएको समयभित्र ४२ निवेदन परेका छन् । आइतबार सांसदहरूको शपथ हुँदै छ । आजको नयाँ पत्रिका दैनिकमा कृष्ण कट्टेलले खबर लेखेका छन् ।

सचिवालयमा प्राप्त निवेदनअनुसार मैथली भाषामा सबैभन्दा बढी १७ सांसदले शपथ लिने भएका छन् । जसमध्ये १३ प्रतिनिधिसभा र ४ राष्ट्रिय सभाका सदस्य छन् । त्यसबाहेक हिन्दीमा ९, भोजपुरीमा ५, थारूमा ३, मगरमा २, बज्जिकामा २ तथा उर्दू, तामाङ, नेवारी र अवधि भाषामा एक–एक सदस्यले शपथ लिनेछन् ।

राष्ट्रिय सभामा मनोनीत ३ सदस्यको शपथ रोकिने
राष्ट्रिय सभाका लागि सरकारले सिफारिस गरेका ३ जना सांसदको शपथ भने नहुने भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै उनीहरूको शपथ रोकिएको हो । राष्ट्रिय सभा सदस्यका लागि सरकारले डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेललाई सिफारिस गरेको थियो । राष्ट्रपतिले राष्ट्रिय सभामा उनीहरूलाई मनोनयन गरे पनि सर्वोच्चले शपथ नगराउन आदेश दिएको थियो । खतिवडा, बिडारी र पौडेलको मनोनयन संवैधानिक प्रावधानअनुकूल नदेखिएको भन्दै अन्तरिम आदेशको छलफलबाट टुंगो नलागेसम्म शपथ नगर्न सर्वोच्चले भनेको छ ।

९ सांसदले हिन्दी भाषामा शपथ लिँदै
नौ सांसदले हिन्दी भाषामा शपथ लिने भएका छन् । जसमध्ये प्रतिनिधिसभाका ८ र राष्ट्रिय सभाका १ सांसदले हिन्दी भाषामा शपथ लिनेछन् । हिन्दी भाषामा शपथ लिने प्रतिनिधिसभाका सांसदमा राजेन्द्र महतो, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, सरिता गिरी, प्रमोद शाह, चन्दा चौधरी, अमृता अग्रहरी र रानी मण्डल छन् । राष्ट्रिय सभाका सदस्य रमेश यादवले पनि हिन्दी भाषामा शपथ लिने भएका छन् ।

निवर्तमान सभामुखले मगर भाषामा शपथ लिँदै
निवर्तमान सभामुख ओनसरी घर्तीले मगर भाषामा शपथ लिने भएकी छिन् । उनीसँगै उनका श्रीमान् अर्थात् माओवादी नेता वर्षमान पुनले पनि मगर भाषामै शपथ लिने भएका छन् । उनीहरूले शुक्रबार संघीय संसद् सचिवालयमा पुगेर मगर भाषामा शपथ लिन नाम दर्ता गराएका हुन् ।

प्रतिक्रिया

14 कमेन्ट

    Comment Author

    Innocence Heart

    हामी नेपाली हौ नेपाली भाषा र साहित्यको विकासमा आफूलाई समाहित गरौ। अा अाफनो भाषाको प्रयोग अाफ्नै समाजमा र घरमा प्रयोग गरौ। अामा वेश्यावृत्तिमा संलग्न थियो भने त्यही ब्यबहार प्रदर्शन गरौ। होइन भने राष्ट्रिय भाषा नेपाली उच्चारण गर।

    Comment Author

    Savina Ko Baba Savina

    Nepal MA Nepali1 matr bhasa ma sapth hunu parne bollne bhasa jati bhayni Nepali ratiy bhasa ma sapth linu parne Ho

    Comment Author

    Bishnu Thapa

    India ma sapth lia.vgoneta

    Comment Author

    Mohan Kayasta

    Bahubhashi bahubhesi bahubibadit .

    Comment Author

    Bhavishwor Pandey

    Galat

    Comment Author

    Desh Kumar Raii

    k khalko neta hruho kosle uchaleko xah yo gidima lidi vareko neta harulai

    Comment Author

    Kedar Man Joshi

    Me yeri ho Naya Nepal

    Comment Author

    Stha Ujjwal

    Nepali ma sapath naline deshko kaput ho…barkhasta gare hunchha sidhai.

    Comment Author

    Stha Ujjwal

    Nepali ma sapath naline deshko kaput ho…barkhasta gare hunchha sidhai.

    Comment Author

    Balaram Parajuli

    नयाँ मुल्ला बहुत प्याक टाेक्ता है । बिस्तारै आफ्नो औकात मा झर्छ्न

    Comment Author

    Gopal Budhathoki

    नयाँ जोगीले बढी खरानी घस्छन।

    Comment Author

    Saud Krishna

    आफ्नो आमा लाई थरि थरि का पोइ खोज्दै छन

    Comment Author

    Thapachhabiraj Thapa

    Hindi language why?????

    Comment Author

    मुकेस श्रेष्ठ नेवार

    Hindi vasa ma safat khane laai des nikala garnu parxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 14
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?