समृद्धिका लागि चियाखेती र पर्यटन

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १९, २०७४
|
|
२८ पटक हेरिएको
Shares
समृद्धिका लागि चियाखेती र पर्यटन

सारांश

  • पासाङ लामा बिस्वमा चियाको इतिहासलाई हेर्दा चीन बाट चियाको सरुवात भएको पाइन्छ बर्तमान परिप्रेक्ष्यमा पनि चीन प्रहिलो अनि भारत दोस्रो धेरै चिया उत्पादन गर्ने मुलुकमा पर्दछ भने केन्या,श्रीलंका ,इन्डोनेशिया ,भेतनाम,जापान ,इरान अनि अर्जेन्टिना क्रमश अत्याधिक चिया उत्पदन गर्ने मुलुको रूपमा परिचीत छन् भने हाल आएर बिस्वको ६६ देशहरूमा चियाको ब्याबासायिक खेती गर्दै आइरहेको पाइन्छ।
  • बिस्वमा चियाको इतिहास चीन बाट सुरु भए पनि नेपालको सन्दर्भमा चियाको इतिहास केलाउदा आज भन्दा करिब १५४ बर्ष अघाडी १९२० सालमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा चीन भ्रमण बाट फर्कदा चीनिया सम्राट बाट उपहारस्वरूप दिएको चियाको बिउ भित्राएको अनि इलामको बडाहाकिम जंगबहादुरको जुवाई गजराज सिहलाई चिया रोप्ने आदेश भएपछि इलाम बगान बाट नै नेपालमा चियाको इतिहास शुरुआत भएको देखिन्छ ।
  • त्यसको दुई बर्ष पछि सोक्तिम कमानको स्थापाना ।

पासाङ लामा

बिस्वमा चियाको इतिहासलाई हेर्दा चीन बाट चियाको सरुवात भएको पाइन्छ बर्तमान परिप्रेक्ष्यमा पनि चीन प्रहिलो अनि भारत दोस्रो धेरै चिया उत्पादन गर्ने मुलुकमा पर्दछ भने केन्या,श्रीलंका ,इन्डोनेशिया ,भेतनाम,जापान ,इरान अनि अर्जेन्टिना क्रमश अत्याधिक चिया उत्पदन गर्ने मुलुको रूपमा परिचीत छन् भने हाल आएर बिस्वको ६६ देशहरूमा चियाको ब्याबासायिक खेती गर्दै आइरहेको पाइन्छ।

बिस्वमा चियाको इतिहास चीन बाट सुरु भए पनि नेपालको सन्दर्भमा चियाको इतिहास केलाउदा आज भन्दा करिब १५४ बर्ष अघाडी १९२० सालमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा चीन भ्रमण बाट फर्कदा चीनिया सम्राट बाट उपहारस्वरूप दिएको चियाको बिउ भित्राएको अनि इलामको बडाहाकिम जंगबहादुरको जुवाई गजराज सिहलाई चिया रोप्ने आदेश भएपछि इलाम बगान बाट नै नेपालमा चियाको इतिहास शुरुआत भएको देखिन्छ ।

त्यसको दुई बर्ष पछि सोक्तिम कमानको स्थापाना ।साथै २००७ सालमा प्रजातान्त्रको उदयपछि लगानीको बाताबरणमा केहि मात्रमा सुधारउन्मुख भए बापत उक्त प्रभाव चिया क्षेत्रमा पनि परेको देखिन्छ । बि ।स २०१६ मा बुधकरण चिया बगानको स्थापना। वि।सं। २०२३ साल असोज २३ मा सरकारी स्तरमा चियाको उत्पादनमा वृद्धि तथा व्यवसायिक प्रवद्धन गर्ने उदेश्यका साथ नेपाल चिया विकास निगमको स्थापना ,२०३५ सालमा इलाम चिया प्रशोधन कारखाना हुदै २०३५ देखि २०४५ सम्मको एक दसक भने चियाको बिकास र बिस्तारको लागी केहि सुधारउन्मुख कार्यको लागी चिया किसानलाई नेपाल चिया बिकास निगमले केहि प्रोत्साहनमुलक कार्य गरेको देखिन्छ ।

२०३९ सालमा तत्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहले नेपालको पूर्वाञ्चलका ५ वटा जिल्ला हाल प्रदेश न १ मा अवस्थित झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम लाई चियाक्षेत्र घोषण गर्नु पनि चिया बिकासको लागी भएको केहि सकारात्मक कदमको रूपमा लिन सकिन्छ ।

यसरी नै क्रमिक रूपमा चिया बिकास र बिस्तार बजार प्रबर्द्धनको निम्ति थप उदेश्य राखेर राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ अन्तर्गत कृषि विकास मन्त्रायलको संरक्षणमा रहने गरि २०५० साल जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको स्थापना चियाखेती क्षेत्रमा भएको निरन्तरको रूपमा लिन सकिन्छ ।

आफ्नै मुलुकको हाम्रो आफ्नै चियाको लोगो नभएकोले हिजोसम्म हाम्रो मुलुकमा उत्पादन भएको चिया अन्य मुलुकको लोगोमा बेच्नु पर्दा अन्तर्राष्ट्रिय जगतमा हाम्रो चियाको छुटै बजारको पहिचान बनाउने आधार थिएन तर आज चियाको सुरुवात भएको लामो समयको अन्तराल पछी भएपनि चियाको बिकास बिस्तार अनि सम्भाव्यता लाई मध्यनजर गर्दै नेपाल सरकार बाट चियाको लोगो परित भाईसकेको ले बिस्वबजारमा नेपामा उत्पदन भएको चिया आफ्नै लोगोमा बजारीकरण गर्न पाउने अनि खुल्ला बजार प्रतिस्पर्धाको लागी बाटो खुलेकोले यसलाई चिया बजार प्रबर्द्धनमा कानुनी रूपमा भएको ठुलो फड्कोको रूपमा लिन सकिन्छ भने उक्त उपलब्धि लाई कृषिक अनि ब्यावासायीले अवसरको रूपमा सदुपयोग गर्न सके यसले भबिस्यमा चियाखेतीमा सकारात्मक प्रभाव पार्ने कुरामा आस्वस्त हुन सकिन्छ ।

इतिहासलाई तुलनात्मक रूपमा अध्यन गर्ने हो भने हाम्रो मुलुकमा पनि करिब भारतको दार्जीलिङमा संगसंगै चियाको सुरुवात भएको देखिन्छ तर यतिका लामो इतिहास बोकेको चियाखेतिको बिकास र बिस्तार भने त्यति संतोषजनक चाहिँ देखिदैन तर क्रमिक रूपमा धीमा गतिमा बिस्तारीत भाईरहेको तथ्यलाई भने स्वीकार गर्न सकिन्छ ।

पछिल्लो तथ्यांक अनुसार ।झापा, इलाम, पाँचथर, धनुकुटा, तेह्थुम, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, कास्की, लमजुङ लगायतका जिल्लाहरुमा २७ हजार ६ सय ८८ हेक्टरमा चियाखेती भईरहेको २७ वटा सिटिसी चिया प्रशोधन केन्द्र तराईमा संचालनमा रहेको २८ वटा मझौला तथा ठुलो अर्थोडक्स चिया प्रशोधन केन्द्र पाहाडी क्षेत्रमा र ६५ वटा लघु प्रशोधन केन्द्रहरु सञ्चालन भईरहेको छन् चिया उद्योग बाट मात्र ६० हजार बराबर श्रमिकले प्रत्यक्ष रोजगारी पाइरहेको देखिन्छ । भने उक्त प्रसोधन कारखानाहरुबाट २ करोड ४२ लाख के। जि तयारी चिया उत्पादन २ अर्ब ४० करोड बराबरको निर्यात । उत्पादित तयारी चिया ७६५ सिटिसी २४५ अर्थोडक्स उत्पदन भएको देखिन्छ । उत्पादित चिया ९०५ सम्म भारतमा निर्यात हुदै आइरहेको छ त्यसरी नै अन्तरिक खपत ५५ बाकी युरोपेली मुलुकहरूको विभिन्न ठाउँहरुमा निर्यात हुदै आइरहेको छ विशेष गरेर सिटिसी चियाको बजार अन्तरिक साथै भारतिय बजारमा भए पनि अर्थोडक्स चिया भने युरोपेली मुलुकमा बजारीकरण हुने गर्छ अर्थोडक्स अर्गानिक चियाको माग युरोपेली मुलुकहरूमा दिनहुँ बड्दो रूपमा रहेको जानकारहरु बताउँछन् ।

राज्य चाहिँ अब संघीयताको कार्यान्वयनमा गैसकेकोले विशेष गरेर पुर्बमा अवस्थित प्रदेश न १ मा इलाम, झापा ,तेह्रथुम, पाँचथर, धनकुटा जाहाँ चिया अत्यधिक मात्रमा उत्पादन हुने चियाको इतिहास बोकेको जिल्ला इलाम समेत प्रदेश न १ मा भएकोले नयाँ संम्रचाना अनुसार सात प्रदेश मध्ये प्रदेश न १ लाई चियाको प्रदेश भनेर पनि चिन्न सकिन्छ ।

हामीले अर्थिक बिकास र समृद्धिको कुरा गरिरहदा मुलुकमा उत्पदन वृद्धि गरेर निर्यात ब्यापारलाई प्रोत्साहन गर्दै जाने कुरालाई भुल्नु हुदैन यदि उत्पादन लाई वृद्धि गर्न नसके निर्यात ब्यापार लाई प्रोत्साहित गर्न नसके अनि आयात ब्यापार निरुत्साहित गर्दै जान नसके अर्थिक समृद्धिको कुराहरू कागजमा अनि भाषाणमा मात्र सिमित नहोला भन्न सकिन्न ।

चियाको बिकास र बिस्तार गरि बेरोजगारीको समस्या हल गर्नु मात्र नभएर समग्र प्रदेशको अनि देशको अर्थिक समृद्धिको निम्ति चिया खेती बिकास बिस्तार प्रबर्द्धनका लागी प्रदेश न १मा छुट्टै चिया मन्त्रालयको स्थापना गर्नु पर्ने अनि हरेक स्थानीय सरकारको निति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा चियाखेती पर्नुपर्ने जानकारहरु बताउँछन् ।

अर्गानिक चिया उत्पदनमा चुनौती सगै अवसर ?

आज २१औ सताब्दिको दुनियाँमा बिश्वमा शिक्षाको बिकास प्राविधिकको बिकास संगै मानव स्वस्थलाई पनि प्राथमिकताका साथ संबेदनसिल ढंगले हेर्ने गरिन्छ चिया बिश्वामा पानी पछीको दोस्रो धेरै पिउने पेय पदर्थको रूपमा परिचित छ। चियालाई मानव स्वस्थ संग लाभको दृस्ठिकोणले हेर्ने गरिन्छ ।चिया नियमित पिउनले स्वास्थको लागी लाभदायक नै हुन्छ भन्ने विभिन्न अध्यन अनुसन्धान ले देखाएको छ त्यसैले चिया नितान्त रूपमा अर्गानिक हुनपर्छ यसमा कुनैपनि प्रकारको मानव स्वास्थलाई हानी हुने बिषाधिको प्रयोग हुनु हुदैन यसको सेवनले मानव जिवन थप स्वथबर्ध्क हुनुपर्छ । साथै अर्गानिक चियालेको सेवनले मानव स्वास्थमा लाभ सगसगै विभिन्न रोगहरुको पनि रोकथाम गर्न सकोस् भन्ने निस्कर्श नै आजको बिश्व बजारमा अत्यधिक अर्गानिक चियाको माग बढनुको कारण मान्न सकिन्छ । त्यसैले अबको बिस्वबजारमा चियाको बजार बिस्तार भनेको अर्गानिक चियाको भएकोले अबको चियाखेतीमा अर्गानिक चियाखेतिको विकल्प देखिदैन ।

अर्कोतिर हाल चालै परित गरिएको क्वालिटी फ्रम दी हिमालय’ लेखिएको लोगो प्राप्त गर्नको निम्ति पनि चिया उत्पदन देखी प्रषोधन सम्म गुणस्तर कायम रख्नको निम्ति कुनैपनि प्रकारको बिषाधीहरु प्रयोग गर्नु नहुने प्राङ्गरिक मल प्रयोग गर्नु पर्ने प्राबधानहरु राखिएकोले आगामी दिनहरूमा चिया अर्गानिक नै हुनपर्ने बाध्यतमक परिस्थितिहरु देखिन्छ ।

हाम्रो मुलुकमा सन्दर्भमा उच्च हिमालयको हावापानीमा चिया उत्पदन हुने भएकोले यहाँको चिया अन्य मुलुकको भन्दा गुणस्तरीय हुने यस्लाई शुद्ध अर्गानिक उत्पदन गर्न सके बिस्व बजारमा सहजै स्थापित गर्ने सकिने जानकारहरु बताउँछन् ।

अर्गानिक चियाको उत्पदनले भबिस्यमा राम्रो बजार ओगटने अनि कृषकले पनि राम्रो मुल्य पाउने भएकोले सम्ग्रमा पाहाडी इलाकामा उत्पादन हुने विशेष गरि इलामको कोल्बुङ ,कन्याम, फिक्कल सुन्दर पानी पशुपतिनगर लगायत पाँचथरमा अर्गानिक चिया उत्पदन सुरु भैसकेको र बाकी अन्य क्षेत्रमा समेत अर्गानिक चिया उत्पादनको लागी कृषक उत्साहित देखिन्छ।

अर्कोतिर तत्कालीन अवस्थामा उत्पादित हरियो चियाको प्रसोधन कारखाना संचालक बाट कृषले उचित मुल्य नपाउनु , अर्गानिक चिया उत्पादनको लागी आवश्यक प्राङ्गरिक मल जैविक बिषाधी समुचित ढंगले उपलब्ध नहुनू प्राविधिकको अभाव ,श्रमिकको अभाव जस्त कुराहरुले गर्दा तत्कालीन अवस्थामा अर्गानिक चियाको उत्पदनमा चुनौतीहरु पनि देखिन्छ ।

कतिपय बगानमा युरिया मल र बिषाधिको प्रयोग गरिआएको चियाको बगानहरु एकैचोटि जैविक मल खाद जैविक बिषादि प्रयोग गरि अर्गानिक उत्पादनतिर जादा चियामा विभिन्न प्रकारको रोगहरु देखा पर्ने चियाको बोटहरु मर्ने भएकोले सम्बन्धि क्षेत्रको बिशेषज्ञ, प्राबिधिकको आवस्यकता भए पनि उपलब्ध नहुने साथै चियाको उत्पादनमा समेत कमि आउने उत्पदन भएको चियाको समेत राम्रो मुल्य नपाउने जस्ता समस्याले कृषहरु आजित देखिन्छ।

प्रारम्भिक अवस्थामा अर्गानिक चिया उत्पादन कृषकको एक्लो प्रयासले मात्र त्यति सहजता नभएकोले यसमा सरकार ,सरोकारवाला पक्षको ठुलो योगदान सहितको भुमिका हुन जरुरी छ। कृषक लगायत प्रशोधन कारखाना संचालकलाई समेत प्रोत्साहन मुलक कार्यक्रम दिनु आवस्यक छ । विशेष गरि सहुलियत कृषि कर्जा, आधुनिक उपकरण, चिया प्राबिधिक, अर्गानिक चिया उत्पदन गर्न कृषकलाई उचित तलिम ,प्राङ्गरिक मल किट्नासक औसधि , श्रमिकलाई धान्न सक्ने गरि चियाको बजार मुल्य जस्तो कुरामा ध्यानाकर्षण हुन जरुरी छ ।

चिया खेती र पर्यटन प्रबर्द्धन संगसगै

यसरी बिशेष गरि पूर्वीय क्षेत्रमा बिस्तार भाईरहेको चिया खेतीलाई आन्तरिक र बाहिय पर्यटनलाई चिया पर्यटन संग जोडन सके थप मात्रमा चियाको बजारमा बिस्तार गर्न सकिने सगसगै याहाँ संचालनमा रहेको होटेल ब्याबसाय लगायत अन्य क्षेत्रमा समेत छ पर्यटक बराबर एकको रोजगार सिर्जना हुने अवधारणा अनुसार बैकल्पिक रोजगारको सिर्जना हुने देखिन्छ।

विशेष गरि इलाम नेपालको चियाको इतिहास बोकेको जिल्ला मात्र नभएर प्राकृतिक मनोरम दृश्यले भरिभराउ भएकोले याहाँको हरेक डाडा पाखा पखेरा समेत हरियाली चियाको बुटानहरुले सजिएको रोमाञ्चक दृश्यअवलोकन गर्न स्वाभाविक रुपले नै पर्यटकको आगमन हुने गर्छ नै यस्मा पनि चियालाई केन्द्रबिन्दुमा राखेर याहाँको भौगोलिक निकटतम लाई पहिचान गरेर चिया सम्बन्धि शिक्षा,चियाको बगैचा भ्रमण , अवलोकन ,चिया महोत्सव , चिया संग जोडिएको स्थानीय सस्कृती र संस्कर लाई उजागर गर्दै ूपर्यटक हाम्रो पाहुना हुन सेवा नै धर्म होू भन्ने कुरालाई आत्मसात गरेर उच्च अनि सभ्य संस्कारका साथ पर्यटक स्वागत गर्दै इलाम लगायत अन्य छिमेकी जिल्लामा उत्पदन गरिरहेको चियाखेती लाई पर्यटन सग जोड्न सके अर्थिक रूपमा ग्रामीण क्षेत्रमा नै रोजगारको सिर्जना गरि रोजगारको अभावमा बिदेशीएको युवाशक्तिलाई समेत स्वरोजगर बनाउने प्रयाप्त संभावनाहरु देखिन्छ ।

यसबाट हामी अर्थिक रूपमा प्रत्यक्ष लाभान्वित त हुन्छौ नै अर्कोतिर हाम्रो चियाको राष्ट्रिय अनि अन्तर्राष्ट्रिय जगतमा न्यून लगानीमा नै ठुलो मात्रमा बिज्ञापनको क्षेत्रमा टेवा मिल्ने देखिन्छ फलस्वरूप चिया ब्याबसायिक क्षेत्रमा बजारीकरणको लागी यसको महत्त्वपूर्ण देन हुने देखिन्छ ।
त्यसैले अर्गानिक चिया खेती संगै जोडिएको पर्यटन अर्थिक समृद्धिको सम्भाव्यता लाई मध्यनजर गर्दै सरकार, सरोकार पक्ष सम्बन्धित कृषिकबर्ग सबैले आफ्नु आफ्नु भुमिका निभाउन ढिलाई नगर्ने हो कि ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?