रेडक्रस नुवाकोटमा नयाँ नेतृत्व

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३०, २०७४
|
|
५५ पटक हेरिएको
Shares
रेडक्रस नुवाकोटमा नयाँ नेतृत्व

सारांश

  • नुवाकोट, ३० फागुन,नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा सभापतिमा पुनः सुरतबहादुर चित्रकार चयन हुनुभएको छ ।
  • विदुरमा मंगलबार भएको २९औँ जिल्लासभामार्फत सर्वसम्मतरुपमा वर्तमान सभापति चित्रकार चारवर्षे कार्यकालका लागि निर्वाचन हुनुभएको निर्वाचन समितिका संयोजक मनोज थापाले जानकारी दिनुभयो ।
  • रेडक्रस नुवाकोट शाखा सदस्यहरुमा सीता तामाङ, दिलबहादुर शाक्य, नवराज सुवेदी, निरञ्जनप्रसाद आचार्य, केशव सुवेदी, हरि श्रेष्ठ, श्रीराम पाण्डे, बादलमान श्रेष्ठ, विनोद पाठक, उद्धव शर्मा रिजाल, नारायणबहादुर पाण्डे र गोकर्णराज ढकाल मतदानमार्फत विजयी हुनुभएको छ ।

नुवाकोट, ३० फागुन,नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा सभापतिमा पुनः सुरतबहादुर चित्रकार चयन हुनुभएको छ ।

विदुरमा मंगलबार भएको २९औँ जिल्लासभामार्फत सर्वसम्मतरुपमा वर्तमान सभापति चित्रकार चारवर्षे कार्यकालका लागि निर्वाचन हुनुभएको निर्वाचन समितिका संयोजक मनोज थापाले जानकारी दिनुभयो ।

रेडक्रस नुवाकोट शाखा सदस्यहरुमा सीता तामाङ, दिलबहादुर शाक्य, नवराज सुवेदी, निरञ्जनप्रसाद आचार्य, केशव सुवेदी, हरि श्रेष्ठ, श्रीराम पाण्डे, बादलमान श्रेष्ठ, विनोद पाठक, उद्धव शर्मा रिजाल, नारायणबहादुर पाण्डे र गोकर्णराज ढकाल मतदानमार्फत विजयी हुनुभएको छ ।

यसअघि, जिल्ला सभाको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले रेडक्रस जिल्ला शाखाले भूकम्पपछि उद्धार, उपचार, पुनःनिर्माण र जीविकोपार्जनमा पु¥याएको योगदान प्रभावकारी भएकाले आगामी दिनमा निरन्तर कायम राख्न नयाँ बन्ने नेतृत्वलाई आग्रह गर्नुभएको थियोे ।

जिल्लासभामा रेडक्रसका केन्द्रीय सदस्य मनोज थापा, केन्द्रीय संगठन विभाग प्रमुख विष्णुराज नेपाल, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, रेडक्रस जिल्ला सल्लाहकार डा केदारनरसिंह केसी, वर्तमान उपसभापति राजकुमार भट्टराई लगायतले विपद्को समयमा उद्धारमा परिचालन हुँदै आएको रेडक्रसको छवि, सिद्धान्त र मान्यता विश्वसामु उत्कृष्ट रहेको बताएका थिए ।

कार्यक्रममा उत्कृष्ट उपशाखा झिल्टुङ, उत्कृष्ट जुनियर रेडक्रस सर्कलमा चण्डेश्वर मावि तुप्चे र उत्कृष्ट स्वंयसेवकमा देउरालीका सीता तामाङलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनामी र भूकम्पले क्षतिग्रस्त इण्डोनेशियाका डरलाग्दा तस्वीर
सुनामी र भूकम्पले क्षतिग्रस्त इण्डोनेशियाका डरलाग्दा तस्वीर
भारतबाट छपाएर ल्याउंँदै गरेको नक्कली स्टिकरसहित पक्राउ
भारतबाट छपाएर ल्याउंँदै गरेको नक्कली स्टिकरसहित पक्राउ
अमेरिकी राष्ट्रपति, उपराष्ट्रपति सहभागी बैठकका एक सहभागीमा कोरोना संक्रमणको पुष्टि
अमेरिकी राष्ट्रपति, उपराष्ट्रपति सहभागी बैठकका एक सहभागीमा कोरोना संक्रमणको पुष्टि
नेपाली कांग्रेसका कार्यकर्ताले राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कुटे
नेपाली कांग्रेसका कार्यकर्ताले राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कुटे
सूदुरपश्चिममा लोप हुँदै पानीघट्ट
सूदुरपश्चिममा लोप हुँदै पानीघट्ट
एसियन क्लब प्रिमियर लिग : नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हरायो
एसियन क्लब प्रिमियर लिग : नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हरायो
कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
पूर्वसचिव अर्जुन कार्की पत्नीको हत्या भएको पोष्टमार्टम रिपोर्ट
पूर्वसचिव अर्जुन कार्की पत्नीको हत्या भएको पोष्टमार्टम रिपोर्ट
रौतहट चन्दनपुरको मुसहर बस्तीमा नेपाल विद्यार्थी संघको राहत ;
रौतहट चन्दनपुरको मुसहर बस्तीमा नेपाल विद्यार्थी संघको राहत ;
Swollen Kaligandaki sweeps away school, 24 households at risk
Swollen Kaligandaki sweeps away school, 24 households at risk