रेशम चौधरीलाई ‘जेलभित्रै’ शपथ गराउने सरकारको तयारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ५, २०७४
|
|
२८ पटक हेरिएको
Shares
रेशम चौधरीलाई ‘जेलभित्रै’ शपथ गराउने सरकारको तयारी

सारांश

  • काठमाडौं : साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ।
  • सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ।
  • राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय स्रोतले बतायो।

काठमाडौं : साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ। सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ।

राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय स्रोतले बतायो। राजपा नेताहरूले चौधरीको मुद्दा फिर्ता लिन गरेको माग अस्वीकार गर्दै अदालतले गर्ने अन्तिम निर्णय नै पर्खने गरी तत्कालका लागि भने प्रमाणपत्र र शपथको वातावरण मिलाउन तयार भएको हो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

शपथको वातावरण मिलाउन नै चौधरीलाई कैलाली कारागारबाट काठमाडौं ल्याइएको छ। कैलाली क्षेत्र नम्बर १ बाट चौधरीले ३४ हजार ३४१ मत ल्याई प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेका थिए। प्रतिद्वन्द्वी एमाले उम्मेदवारभन्दा २० हजार ९३५ मतान्तरमा चुनाव जितेका उनलाई निर्वाचन आयोगले निर्वाचन जितेको प्रमाणपत्र अहिलेसम्म दिएको छैन।

निर्वाचनका बेला उनी ‘फरार अभियुक्त’ का रूपमा थिए। त्यसपछि चौधरीले ‘वारेस’ मार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वाेच्चमा रिट दर्ता गराउन खोजे पनि अदालतले व्यक्ति स्वयं उपस्थित भए मुद्दा हेर्न सकिने नत्र अदालतले नहेर्ने भन्दै रिट दरपिटमार्फत खारेज गरिदिएको थियो। त्यसपछि भने चौधरीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनरत थरुहट कार्यकर्ता र प्रहरीबीच झडपमा एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो। चौधरीमाथि त्यसैको ज्यान मुद्दा लागेको छ।

उनको मुद्दा अदालतमा विचाराधीन छ। जिल्ला निर्वाचन आयोगले चौधरीको प्रमाणपत्र उनलाई र उनको वारेसलाई नदिई निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पठाएको थियो। आयोगले अहिले उनको प्रमाणपत्र संसद् सचिवालयमा सभामुखकहाँ पठाइदिएको छ।

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Dambar Raj Baral

    Aba jelma. Nirbachhan aayog …

    Comment Author

    Thapachhabiraj Thapa

    It is Worog

    Comment Author

    KS Gyalvo

    रास्ट बादी नेत देश्को प्रमुख भएको बेला एस्तो नौलो र क्रान्तीकारी कामहरुत भैनैरहन्छन
    जन्त हो …. हेर्दै जओ अरु के के हुन्छन नया नौलो कुराहरु ह ह ह

    Comment Author

    Kancha Tamang

    गलत तयारिमा छ सरकार

    Comment Author

    Keshav Neupane

    आगो लाउने मान्छेलाइ सपथ

    Comment Author

    Zit Kalel

    गलत हो सरकार यो कम

    Comment Author

    Obindra Thapa

    हिंसात्मक आन्दोलन मा सुरक्षा मा खटिएका प्रहरी टोली सहित नाबालक मारेको अभियोग लागेकालाइ जेल हालेकोमा राजनैतिक रङ्ग दिएर जेलमा सपथ गराएर प्रहरीकै सलामी दिएर मुक्त गराउने कस्तो देश हाम्रो ? बरु सरकारले मुद्दा फिर्ताको कानुनी चलन अङ्गिकार गरेर जेलमा बसेका सबैलाई जे जे हैसियतले सम्मान दिएपनी असहाय हरु पनि घर आगन तिर जान दिनु राम्रो । ठुलो लाई चैन सानालाइ ऐन गरि जेलमा कोच्ने किन ?

    Comment Author

    Manbir Waiba

    Jasko sakti us ko vakti vane jastai khel ho yo pahila congres sarkar ma thiyo apradhi laie jel haleu ahile bam party aayo apradhi laie jel mukta gareu dhikarx hamro desh ko neta vanaudo haru ??

    Comment Author

    Dhiren Laukushmi

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?