राष्ट्रियसभा अध्यक्षको स्वागतमा गृहजिल्लामा बाजागाजा र दीपावली

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
२० पटक हेरिएको
Shares
राष्ट्रियसभा अध्यक्षको स्वागतमा गृहजिल्लामा बाजागाजा र दीपावली

सारांश

  • पर्वत, ७ चैत ।
  • संघीय संसदको उपल्लो सदन राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला पर्वत गरेका सम्माननीय अध्यक्ष गणेश तिमिल्सिनालाई जन्मगाउँदेखि सदरमुकाम कुश्माबजारसम्म गाजाबाजासहित भब्य स्वागत गरिएको छ ।
  • जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक सबैभन्दा माथिल्लो राजकीय पदमा पुगेको भन्दै जिल्लाबासीले खुशीयाली साथ अध्यक्ष तिमिल्सिनालाई भब्य रुपमा स्वागत गरेका हुन् ।

पर्वत, ७ चैत । संघीय संसदको उपल्लो सदन राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला पर्वत गरेका सम्माननीय अध्यक्ष गणेश तिमिल्सिनालाई जन्मगाउँदेखि सदरमुकाम कुश्माबजारसम्म गाजाबाजासहित भब्य स्वागत गरिएको छ । जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक सबैभन्दा माथिल्लो राजकीय पदमा पुगेको भन्दै जिल्लाबासीले खुशीयाली साथ अध्यक्ष तिमिल्सिनालाई भब्य रुपमा स्वागत गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनालाई जन्मगाउँ मोदी गाउँपालिका वडा नं ७ राम्जादेउरालीमा बाजागाजासहित स्वागत गरिएको छ भने कुश्मास्थित जिल्ला समन्वय समितिको कार्यालयमा सम्मानसमेत गरिएको थियो । मोदीगाउँपालिका वडा नं ७ वडा कार्यालय र स्थानीय नागरिक समाजको आयोजनामा बाजागाजा र दीपावलीसहित जन्मस्थानमा स्वागत र सम्मान गरिएको छ । राम्जादेउरालीका तत्कालीन गाविस अध्यक्षसमेत रहेका तिमिल्सिना राष्ट्रियसभाको अध्यक्ष बन्नु गाउँबासीका लागि सबैभन्दा ठूलो उपलब्धि र खुसीको क्षण भएकाले स्वागत गरिएको हो ।

अध्यक्षले जन्मगाउँसँगै मोदी गाउँपालिकाले कार्यालय र जिल्ला समन्वय समिति पर्वतले पनि कार्यालयमा भब्य स्वागत तथा सम्मान गरेका छन् । उनी तत्कालीन जिल्ला विकास समितिमा २०५४ देखि २०५९ सम्म जिल्ला सभापति समेत भएका थिए ।

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले आफू विकास निर्माण गर्ने जिम्मेवारीमा नपुगेपनि पर्वत जिल्ला सधै प्राथमिकतामा रहने बताए । “म अहिले विकास निर्माण गर्नेभन्दा कानुन निर्माण गर्ने निकायमा छु”, उनले भने, “मैले जिल्लाको विकास निर्माणलाई कसरी सहयोग पु¥याउन सक्छु ? सधै प्रयत्नशील रहनेछु ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?