रुकुममा एक सातादेखि विद्युत् सेवा बन्द

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • २२ साउन, रुकुम ।
  • जिल्लाको सदरमुकामसहित मुसिकोट नगरपालिकामा सञ्चालित विद्युत् सेवा एक सातादेखि बन्द भएको छ ।
  • केन्द्रीय लाइनको सल्यानमा र जिल्लाको स्यार्पुदह साना जलविद्युत् योजनाको पावरहाउसमा रहेको मेसिनमा खराबी आएपछि गत आइतबारदेखि विद्युत् सेवा बन्द भएको हो ।

२२ साउन, रुकुम । जिल्लाको सदरमुकामसहित मुसिकोट नगरपालिकामा सञ्चालित विद्युत् सेवा एक सातादेखि बन्द भएको छ ।

केन्द्रीय लाइनको सल्यानमा र जिल्लाको स्यार्पुदह साना जलविद्युत् योजनाको पावरहाउसमा रहेको मेसिनमा खराबी आएपछि गत आइतबारदेखि विद्युत् सेवा बन्द भएको हो ।

विद्युत् सेवा बन्द भएपछि जिल्लास्थित सरकारी कार्यालयका कामकाजमा समस्या भएको छ भने जनजीवन प्रभावित बनेको छ । विद्युत् नभएका कारण जिल्ला प्रशासनबाट नागरिकता वितरण तथा अन्य सरकारी कार्यालयमा दैनिक कामकाज प्रभावित भनेको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताए ।

विद्युत् अवरुद्ध हुँदा जिल्ला अस्पतालमा बिरामीलाई उपचारमा समेत समस्या भएको जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बताएका छन् । अल्ट्रासाउन्ड, एक्सरे, प्रसूति सेवा, प्रयोगशाला सेवालगायतमा समस्या परिरहेको जिल्ला स्वास्थ्य कार्यालय सल्लेका सिनियर अहेव दीपक विष्टले जानकारी दिए ।

विद्युत् सेवा बन्द भएपछि जिल्ला सदरमुकामलगायत सिम्रुतु, वाँफिकोट, छिवांग, मग्मा बाँफिकोट, दुली, झुलालगायतका बासिन्दालाई दैनिक कामकाजमा समस्या भएको छ । विद्युत् सेवा बन्द भएका कारण जिल्ला सदरमुकामका साना तथा मझौला चार दर्जनभन्दा बढी उद्योग, पाँचवटा एफएम रेडियोका प्रसारणसमेत नियमित हुन सकेका छैनन् ।

विद्युत् मर्मत भइरहेकाले केही दिनपछि मात्र नियमित हुने विद्युत् प्राधिकरणका कर्मचारी रामबहादुर केसीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोलालघाटमा बृहत् पर्यटन मेला हुँदै।
दोलालघाटमा बृहत् पर्यटन मेला हुँदै।
युक्रेन द्वन्द्व सुरुभएयता पहिलो पटक अमेरिका र रुसी रक्षा प्रमुखबीच फोनवार्ता
युक्रेन द्वन्द्व सुरुभएयता पहिलो पटक अमेरिका र रुसी रक्षा प्रमुखबीच फोनवार्ता
साउन २ गतदेखि राष्ट्रिय जनजागरण अभियान थालिने: कमल थापा
सरकारको एक वर्ष : संविधान र सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि
सरकारको एक वर्ष : संविधान र सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि
महाेत्तरीमा क्रसर उद्योग  सञ्चालनमा रोक
महाेत्तरीमा क्रसर उद्योग सञ्चालनमा रोक
विदा माग्न पुगेका आदिवासी जनजाति नेताहरुलाई के भने अध्यक्ष प्रचण्डले ?
विदा माग्न पुगेका आदिवासी जनजाति नेताहरुलाई के भने अध्यक्ष प्रचण्डले ?
फोरममा मन्त्री छान्न उपेन्द्र यादवलाई सकस
फोरममा मन्त्री छान्न उपेन्द्र यादवलाई सकस
प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदले सोधे ‘जुवा कसरी बौद्धिक खेल भो?’
प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदले सोधे ‘जुवा कसरी बौद्धिक खेल भो?’
Support Women, Encourage Them With Cost-effective Fashion
यी मोडलको फिगर देखेर चकित पर्छन् सबै, २० फोटोमा हेर्नुहोस् संसार लोभ्याउने शरीर
यी मोडलको फिगर देखेर चकित पर्छन् सबै, २० फोटोमा हेर्नुहोस् संसार लोभ्याउने शरीर

तपाईंले छुटाउनुभयो कि?