जुम्लामा ‘महिला हिंसामुक्त’ नमूना गाउँ घोषणा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
६२ पटक हेरिएको
Shares
जुम्लामा ‘महिला हिंसामुक्त’ नमूना गाउँ घोषणा

सारांश

  • सुर्खेत, ११ चैत, जुम्लाको हिमा गाउँपालिका–२ को कोइरेली गाउँलाई महिला हिंसामुक्त नमूना गाउँ घोषणा गरिएको छ ।
  • गाउँपालिकाको आयोजना तथा कोइरेली गाउँको महिला हिंसामुक्त नमूना गाउँ सञ्चालक समितिको सहजीकरणमा हिंसामुक्त गाउँ घोषणा गरिएको हो ।
  • घोषणा कार्यक्रमको उद्घाटन गर्दै हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले महिलाको पहलमा कोइरेली गाउँ महिला हिंसामुक्त नमूना गाउँ बन्नु सबैका लागि राम्रो सन्देश भएको बताउनुभयो ।

सुर्खेत, ११ चैत, जुम्लाको हिमा गाउँपालिका–२ को कोइरेली गाउँलाई महिला हिंसामुक्त नमूना गाउँ घोषणा गरिएको छ ।

गाउँपालिकाको आयोजना तथा कोइरेली गाउँको महिला हिंसामुक्त नमूना गाउँ सञ्चालक समितिको सहजीकरणमा हिंसामुक्त गाउँ घोषणा गरिएको हो । घोषणा कार्यक्रमको उद्घाटन गर्दै हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले महिलाको पहलमा कोइरेली गाउँ महिला हिंसामुक्त नमूना गाउँ बन्नु सबैका लागि राम्रो सन्देश भएको बताउनुभयो ।

उहाँका अनुसार गाउँ सभाबाट यहाँका महिलाको कार्यबोझ घटाउन कुटानी पिसानी मिल, सिलाइकटाई, हाते होजियारी तालीम र अन्य व्यावसायिक आत्मनिर्भर हुने कार्यक्रममा ध्यान दिएको छ ।

उक्त नमूना बस्तीका महिलाका लागि गाउँपालिकाले सरसफाइका लागि शौचालय राख्ने बाल्टी, नङ्कट, रुमाल, दाँत माझ्ने ब्रस लगायतका आवश्यक सामग्री उपलब्ध गराएको उहाँले जनाउनुभयो ।

अधिकारकर्मी लक्ष्मीकन्या बुढाले कोइरेली अब नेपालकै पहिलो महिला हिंसामुक्त नमूना गाउँ बनेको दाबी गर्नुभयो । गाउँमा हुने सबैखाले उत्पीडनबाट यो बस्तीका ३५ घरधुरीका १३० महिलाले हिंसामुक्त गाउँको इतिहास स्थापित गरेको उहाँ बताउनुभयो । “यो कार्य अन्य क्षेत्रमा रहने महिलाका लागि पनि अनुकरणीय हुनेछ,” अधिकारकर्मी बुढाले भन्नुभयो ।

समानताको समाज निर्माण गर्ने मूल ध्येयले जुम्लाको कोइरेलीबाट थालिएको अभ्यास नेपालका सबै गाउँमा लागू हुनुपर्नेमा उहाँको जोड थियो । मनोविमर्शकर्ता नन्दराज आचार्यले महिला शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ हुन सके मात्र यो कार्यक्रमले औचित्यता पाउने बताउनुभयो । आजको मानव समुदायका लागि मनोविमर्शको पनि त्यत्तिकै आवश्यकता रहेको उहाँको भनाइ थियो ।
घोषणा कार्यक्रमका अध्यक्ष बास्मती रोकायाले दुर्गम गाउँका पुरुषले सुगमको जस्तो सोच गरिदिएकाले हिंसामुक्त गाउँ बनाउन सकिएको बताउनुभयो । १३० महिला र १४४ पुरुष गरी २७४ जनसंख्या रहेको उक्त बस्तीले रारा पर्यटन महोत्सवमा आउने प्रदेश सरकारका प्रमुखसहितको टोलीलाई स्वागत गर्ने योजना बनाएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
काठमाडौँ महानगरपालिका र होटल सङ्घले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने
काठमाडौँ महानगरपालिका र होटल सङ्घले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने
लहानबाट चिकित्सक अपहरण: खोजी कार्य तीव्र
लहानबाट चिकित्सक अपहरण: खोजी कार्य तीव्र
सुशीलालाई लोकमानको १० करोड ‘गोडधुवा’
सुशीलालाई लोकमानको १० करोड ‘गोडधुवा’
ओम्नी ग्रुपसँगको सम्बन्ध प्रमाणित गर्न गोबिन्द थापाको चुनौती
ओम्नी ग्रुपसँगको सम्बन्ध प्रमाणित गर्न गोबिन्द थापाको चुनौती
चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि घातक !
चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि घातक !
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
मधुमेहको निशूल्क रगत परिक्षण शिविर सम्पन्न
मधुमेहको निशूल्क रगत परिक्षण शिविर सम्पन्न
किन गरिन्छ भैसी सुन्दरी प्रतियोगिता ?
किन गरिन्छ भैसी सुन्दरी प्रतियोगिता ?
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त