कर्मचारी उत्प्रेरित गर्न अभिमुखीकरण

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
१५७ पटक हेरिएको
Shares

सारांश

  • रोल्पा, ३१ वैशाख ।
  • स्थानीय तहमा निर्वाचित भएर आउने जनप्रतिनिधि र स्थानीय तहका कर्मचारीबीच सकारात्मक सोचको विकास गर्दै सम्भावित द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यलेस्थानीय तहका कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
  • पुनःसंरचित स्थानीय तहका कर्मचारीलाई समयानुकूल दक्ष बनाउन, स्थानीय तहको शासन सञ्चालनमा सरोकार भएकाहरुबीच प्रभावकारी समन्वय गर्न तथा निर्वाचित जनप्रतिनिधिलाई सबल सङ्गठन र कर्मचारी हस्तान्तरण गर्न अभिमुखीकरणको आयोजना गरिएको रोल्पा नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापा मगरले जानकारी दिनुभयो ।

रोल्पा, ३१ वैशाख । स्थानीय तहमा निर्वाचित भएर आउने जनप्रतिनिधि र स्थानीय तहका कर्मचारीबीच सकारात्मक सोचको विकास गर्दै सम्भावित द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यलेस्थानीय तहका कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

पुनःसंरचित स्थानीय तहका कर्मचारीलाई समयानुकूल दक्ष बनाउन, स्थानीय तहको शासन सञ्चालनमा सरोकार भएकाहरुबीच प्रभावकारी समन्वय गर्न तथा निर्वाचित जनप्रतिनिधिलाई सबल सङ्गठन र कर्मचारी हस्तान्तरण गर्न अभिमुखीकरणको आयोजना गरिएको रोल्पा नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापा मगरले जानकारी दिनुभयो ।

आजसम्म सञ्चालन हुने सो अभिमुखीकरण पूर्व सहसचिव एवम इमेजिन नेपालका अध्यक्ष रमेश अधिकारी र प्रजिअ डा डिजन भट्टराईले दिनुभएको छ । अभिमुखीकरणमा कर्मचारी उत्प्रेरणा र सार्वजनिक सेवा प्रवाहको प्रभावकारिताका विषयमा सहजीकरण भएको नगरपालिकाले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?