खुमबहादुर खड्काको स्वास्थ्य स्थिर, डा. शशाङ्क दिल्लीमा, विभिन्न जिल्लामा पूजाअर्चना
सारांश
- काठमाडौं, ११ चैत ।
- भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्यमा सुधार हुन सकेको छैन ।
- नेता खड्काको लिभरले काम गर्न नसकेको चिकित्सक र आफन्तहरूलाई उद्धृत गर्दै नेपाली कांग्रेस ललितपुरका जिल्ला सदस्य मीनकृष्ण महर्जनले जानकारी दिए ।
काठमाडौं, ११ चैत । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्यमा सुधार हुन सकेको छैन ।
नेता खड्काको लिभरले काम गर्न नसकेको चिकित्सक र आफन्तहरूलाई उद्धृत गर्दै नेपाली कांग्रेस ललितपुरका जिल्ला सदस्य मीनकृष्ण महर्जनले जानकारी दिए । खड्काको स्वास्थ्य अवस्था बुझ्न जिल्ला सदस्य महर्जनसहितका युवा नेताहरू दुई दिनअघि नयाँदिल्ली गएका थिए ।
सदस्य महर्जनले भने, “खुमबहादुर खड्कालाई कसैसँग भेट्न दिएको छैन । लिभरले काम गरेको छैन । छातीबाट पाइप लगाएर खाना खुवाइएको छ ।” मिर्गौला प्रत्यारोपणपछि अस्वस्थ रहेका नेता खड्कालाई एक महिना अगाडि उपचारका लागि नयाँदिल्ली लगिएको थियो ।
नेता खड्कालाई भेट्न कांग्रेका नेता डा.शशांक कोइराला, देवन्द्रराज कँडेल, ललितपुर जिल्लाका सदस्य मीनकृष्ण महर्जन, तरुण दलका नेता महेश श्रेष्ठसहितका नेता र शुभेच्छुकहरू दिल्ली पुगेका छन् । कांग्रेसका नेता शंकर भण्डारी आइतबार नयाँ दिल्ली जान लागेको महर्जनले जानकारी दिए ।
यता, खड्काको स्वास्थ्यमा सुधारको कामना गर्दै भद्रकाली, दक्षिणकाली, काभ्रेपलाञ्चोकसहितका मन्दिरमा पूजाअर्चना गरिएको छ । नेपाल तरुण दलका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूले मन्दिरमा पूजाअर्चना गरेका हुन् ।
प्रतिक्रिया