डिएसपी मल्लको अर्को एक्सन : मानव बेचबिखनमा संलग्न बुर्जा पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
डिएसपी मल्लको अर्को एक्सन : मानव बेचबिखनमा संलग्न बुर्जा पक्राउ

सारांश

  • काठमाडौं, १३ चैत्र ।
  • नेपाल प्रहरीको दरबारमार्ग वृत्तले मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा महोत्तरी जिल्ला घर भई काठमाडौंको चावहिलमा बस्ने ५० वर्षीय भक्तबहादुर बुर्जा मगरलाई पक्राउ गरेको छ ।
  • मानब बेचबिखन तथा ओसार पसार गरिरहेको विशेष सूचनाका आधारमा बुर्जालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं, १३ चैत्र । नेपाल प्रहरीको दरबारमार्ग वृत्तले मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा महोत्तरी जिल्ला घर भई काठमाडौंको चावहिलमा बस्ने ५० वर्षीय भक्तबहादुर बुर्जा मगरलाई पक्राउ गरेको छ ।

मानब बेचबिखन तथा ओसार पसार गरिरहेको विशेष सूचनाका आधारमा बुर्जालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुर्जाले पैसा कमाउने काममा लगाई दिन्छु भन्दै महिलाहरुलाई विभिन्न होटलमा लगेर यौन सम्पर्क गरेको र यौन धन्दाका लागि बेचबिखनको काम गरेको प्रहरीको दावी छ ।

मानव तस्करीको अभियोगमा बुर्जालाई शुक्रबार गिरफ्तार गरी काठमाडौं जिल्ला अदालतबाट थुनाका लागि म्याद थप गरिएको दरबारमार्ग वृत्तका प्रहरी प्रमूख डिएसपी दानबहादुर मल्लले जानकारी दिए ।

शान्ति सूरक्षाका दृष्टिले चुनौतिपूर्ण मानिएको दरबारमार्गमा डिएसपी मल्ल प्रमूख बनेर आएदेखि नै चोरी डकैती, लागु औषध, यौन हिंसा लगायतका अपराधलाई नियन्त्रण गर्न विशेष अपरेशन चलाइएको छ । यसअघि नै मल्लको टोलीले पाँच केजी चरेशसहित २ युवालाई गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Chhantyal Khagen

    Good

    Comment Author

    Prtik Shrestha

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?