दुर्घटनामा एकको मृत्यु
सारांश
- पोखरा, १४ चैत, पोखराबाट नारायणगढतर्पm जाँदै गरेको यात्रुबाहक बस आज दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
- दुर्घटनामा परी घाइते भएका लमजुङ धमिलीकुवाँका ४० वर्षीय बसका सहचालक सुजन गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको कास्की प्रहरीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।
- ना ५ ख ३४१ नं को बस पोखरा लेखनाथ महानगरको तल्लो गगनगौँडास्थित पृथ्वीराजमार्गबाट करिब ५० फिट तल खसेर दुर्घटना हुँदा १५ जना घाइते भएका थिए ।
पोखरा, १४ चैत, पोखराबाट नारायणगढतर्पm जाँदै गरेको यात्रुबाहक बस आज दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
दुर्घटनामा परी घाइते भएका लमजुङ धमिलीकुवाँका ४० वर्षीय बसका सहचालक सुजन गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको कास्की प्रहरीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।
ना ५ ख ३४१ नं को बस पोखरा लेखनाथ महानगरको तल्लो गगनगौँडास्थित पृथ्वीराजमार्गबाट करिब ५० फिट तल खसेर दुर्घटना हुँदा १५ जना घाइते भएका थिए । अत्यधिक गतिका कारण अनियन्त्रित भई बस सडकबाट खसेका कारण दुर्घटना भएको थियो । घाइते भएका १३ जना उपचार पश्चात घर फर्केका छन् भने दुई जनाको पश्चिमाञ्चाल अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया